थप प्रतिगमनको सपना नदेख्न पुराना दललाई रविको चेतावनी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने कांग्रेस–एमाले लगायत दलहरूलाई थप प्रतिगमनको सपना नदेख्न चेतावनी दिएका छन् ।
पार्टीले सोमबार राष्ट्रिय सभा गृहमा आयोजना गरेको बृहत् एकता समायोजन कार्यक्रममा बोल्दै उनले जालझेल र षड्यन्त्रमा नलाग्न चेतावनी दिएका हुन् ।
पुराना राजनीतिक दलहरू परिवर्तनलाई स्वीकार गर्न अप्ठ्यारो परेको देखिएको छु । उहाँहरूलाई म विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु । आफ्नो असक्षमतालाई स्विकार्नोस् । मूलक अत्यन्तै जर्जर अवस्थामा पुगिसकेको छ । कुशासनको चपेटामा परेर मुलुकलाई यो अवस्थामा पुर्याउनुभयो । थप जोडबल नगर्नोस् । योभन्दा बढ्ता प्रतिगमनको समपना नदेख्नोस्’, उनले भने, ‘अपदस्तको पराकाष्ठा भइसकेको छ । योभन्दा पर नजानोस् । निर्वाचनमा मुलुकलाई सहज रूपमा जान दिनोस् । फेरि चलखेल नगर्नोस् । हात लम्काउने चम्काउने नगर्नोस् । निर्वाचनमा जनताले मत जायर गर्छन् । हामीले नयाँ इतिहास रच्नुछ ।’
देशले पाएको पटक पटकको अवसरलाई केही अवसरवादीले खतम पारेका लामिछानेले आरोप लगाए । जनतालाई साक्षी राखेर आफूहरूले मुलुकलाई अगाडि बढाउने उनले प्रतिबद्धता जनाए ।
दुई तिहाइ नजिकको केपी ओली सरकार असफल भएको दृष्टान्त दिँदै उनले ३४ वर्षसम्म देशलाई हरिकंगाल बनाउनेको व्याख्या आवश्यक नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
-
जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट एक करोड १४ लाख राजस्व सङ्कलन
-
तस्करीको नयाँ शैली : सिरक र ज्याकेटभित्र सिलिकनमा मिसाएर ल्याइएको साढे ४ किलो कोकेन बरामद
-
जलवायु स्मार्ट कृषि विस्तारको लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण