बढ्दो छ बुढासुब्बाप्रतिको आकर्षण (तस्बिरहरु)
सारांश
- बुढासुब्बा मन्दिरमा दर्शनार्थीको संख्या बढ्दै गएको छ, विशेषगरी शनिबार र मंगलबार भीड लाग्छ।
- प्रेम अमर हुने विश्वासका साथ युवापुस्ताले बाँसमा मालाको डोरी बाँध्ने गर्छन्, र भक्तजनहरू भाले, अण्डा, फलफूल लिएर पूजा गर्न आउँछन्।
- इतिहासकारहरूले बुढासुब्बालाई तत्कालीन किरात राजा बुद्धिकर्ण रायको समाधिस्थल मानेका छन्, जहाँ कुखुराको बलि दिने चलन छ।
सुनसरी । पूर्वको प्रसिद्ध धार्मिक स्थल बुढासुब्बाको दर्शन गर्न आउने श्रद्धालुको सङ्ख्या हरेक वर्ष बढ्दो छ । पूर्व घुम्न आउने जोकोही पनि बुढासुब्बा मन्दिर पुग्ने गरेका छन् भने भारतबाट पनि उत्तिकै मानिसहरू यहाँ आउने गरेका छन् ।
मन्दिर व्यवस्थापन समितिका अनुसार बुढासुब्बा मन्दिरमा दर्शन गर्न दैनिक सदरदर पाँच सयभन्दा बढी भक्तजन आउने गर्दछन् । बुढासुब्बा प्रति आस्था राख्ने दर्शनार्थीहरु पूर्वी पहाड र तराईबाट धेरै आउने गर्दछन् । त्यसबाहेक नेपालका विभिन्न जिल्लादेखि भारतका नेपाली भाषीहरू उत्तिकै हुन्छन् ।
_IDUwrQkPop.jpg)
एक दशकअघिसम्म बुढासुब्बाको बाँसमा नाम लेख्दा प्रेम अमर हुने विश्वास गरेर बाँसमा नाम लेख्ने प्रचलन थियो । त्यसो गर्दा बाँस मर्न थालेपछि मन्दिर व्यवस्थापन समितिले बाँस वरिपरि तार जाली लगाएको छ ।
_JoFbgalXTW.jpg)
अहिले युवापुस्ता माझ प्रेम अमर हुने विश्वासका साथ बाँस वरिपरि मालाको डोरी बाँध्ने लहर चलेको छ । टाढादेखिका भक्तजन कुखुराको भाले, अण्डा, फलफूल लिएर पूजा गर्न यहाँ आइपुग्छन् । वरिपरि हरियालीले ढाकिएको बुढासुब्बा मन्दिर क्षेत्रमा बस्दा मनै आनन्द हुने गरेको दर्शनार्थीहरु अनुभव छ ।
_AzU2a6LZNf.jpg)
विशेषगरी शनिबार र मङ्गलबारका दिन अझै धेरै भक्तजन आउने गरेका छन् भने कात्तिक र चैत महिनाका शनिबार र मङ्गलबारका दिन अन्य महिनाका शनिबार र मङ्गलबारभन्दा दोब्बर, तेब्बर आउने गर्दछन् ।
_ywjDDZNFFx.jpg)
बुढासुब्बाका बारेमा विभिन्न किंवदन्ती छन् । बुढासुब्बा एक सिकारी भएको कथा पढ्न पाइन्छ । बुढासुब्बा र उनकी बहिनी शिकार खेल्दै विजयपुर डाँडामा आइपुगेको र त्यहीँ आफ्नो बाँसको धनुष गाडेर समाधि लिएको कथा पनि जनमानसमा पाइन्छ ।
_5nMFifkaCI.jpg)
उनै सिकारीले गाडेको धनुषबाट बाँस पलाएर झ्याङ भएको हुनाले बुढासुब्बा मन्दिर क्षेत्रमा भएका बाँसको टुप्पा नपलाएको जनश्रुति छ । बुढासुब्बाका बाँसमा टुप्पा हुँदैनन् ।बुढासुब्बा वरपर माटोका मट्याङ्ग्राहरु अहिले पनि भेटिन्छन् । त्यही किंवदन्तीका आधारमा बुढासुब्बा मन्दिरसँगै उनकी बहिनी भनिने छुट्टै मन्दिर पनि छ ।
_cmHnPa4qEz.jpg)
महाभारतको कथामा धनुर्विद्याका गुरु दोर्णाचार्यलाई नभेटे पनि गुरु मानेर धनुर्विद्या सिकेका एकलव्यले आफू निपुण भएपछि दोर्णाचार्यलाई भेट गरेको र भेटमा गुरु भेटी चढाउन खोज्दा दोर्णाचार्यले बुढी औंला चढाउन लगाएको कथा पाइन्छ । तिनै दोर्णाचार्यलाई आफ्नो बुढीऔंला चढाएका एकलव्यको समाधि भएको विश्वास गरिन्छ ।
_XQXSFnytfd.jpg)
इतिहासकारहरूले भने बुढासुब्बालाई तत्कालीन किरात राज्यका राजा बुद्धिकर्ण रायको समाधिस्थल भनेर उल्लेख गरेका छन् ।इतिहासकारहरूले कुनै समय विजयपुरमा छुट्टै सेन राज्य रहेको उल्लेख गरेका छन् ।
_otx0yokW2x.jpg)
विजयपुरका राजा कामदत्त सेनको हत्यापछि १८२६ सालमा विजयपुरगढीको सिंहासनमा चौतारिया बुद्धिकर्ण राय बसेको इतिहास पाइन्छ । विसं १८३४ मा गोर्खाली फौजले बुद्धिकर्ण रायलाई मारेको उल्लेख छ ।
_xdh1Mc0OVe.jpg)
हाल बुढासुब्बा मन्दिरभित्र रहेको ढिस्को उनै बुद्धिकर्ण रायको समाधि वा चिहान भएको इतिहासकार इमनसिंह चेम्जोङले लेखेका छन् । मन्दिरभित्र रहेको यही माटोको ढिस्कोमा कुखुराको बलि दिने, फूल अक्षता र रक्सी चढाउने प्रचलन छ ।
_HlBPwUDdoa.jpg)
_nx0ugEuj9r.jpg)
_PKDB63PfGt.jpg)
_mPl5IrayIm.jpg)
_luEFZ8OckN.jpg)
_TzvFIzfyMb.jpg)
_XTCY6edPEM.jpg)
_kfHL0Rt5jV.jpg)
_rFuvoCOxoV.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१६ जिल्लामा प्रमुख जिल्ला अधिकारी परिवर्तन (सूचीसहित)
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण