शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

एमालेले तोक्यो प्रदेश संयोजक, कुन प्रदेशमा कुन नेतालाई जिम्मेवारी ?

मङ्गलबार, २२ पुस २०८२, १३ : ४४
मङ्गलबार, २२ पुस २०८२

सारांश

  • नेकपा एमालेले प्रदेश संयोजक तोकेको छ।
  • सचिवालय बैठकले विभिन्न प्रदेशमा संयोजक तोक्ने निर्णय गरेको छ।
  • शेरधन राई, लीलानाथ श्रेष्ठ लगायतका नेताहरूलाई विभिन्न प्रदेशको संयोजक तोकिएको छ।

काठमाडौँ । नेकपा एमालेले प्रदेश संयोजक तोकेको छ । मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले कोशी प्रदेशमा शेरधन राई, मधेस प्रदेशमा लीलानाथ श्रेष्ठ, बागमती प्रदेशमा महेश बस्नेत र राजधानी प्रदेशमा राजन भट्टराईलाई संयोजक तोक्ने निर्णय भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । 

यसैगरी गण्डकी प्रदेशमा खगराज अधिकारी, कर्णाली प्रदेशमा यामलाल कँडेल, सुदूरपश्चिम प्रदेशमा गणेश ठगुन्नालाई संयोजक तोकिएको छ । यस्तै भानुभक्त ढकाललाई संगठन विभागको संयोजक तोकिएको भट्टले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप