बाराका चार वटा निर्वाचन क्षेत्रबाट एमालेले क–कसलाई गर्यो उम्मेदवार सिफारिस ?
बारा । नेकपा एमालेले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बाराको ४ वटा निर्वाचन क्षेत्रबाट २ दर्जनभन्दा बढी उम्मेदवारको नाम सिफारिस गरेर पठाएको छ ।
निवर्तमान संघीय सांसदसहित केही पुराना र नयाँ अनुहार सिफारिस भएका छन् । बारा क्षेत्र नं १ बाट निवर्तमान सांसद अच्युत मैनाली, पुरुषोत्तम पौडेल, त्रिलोकी चौधरी, धनमाया चौधरी, थानेश्वर सापकोटा, पुरनदेव चौधरी र सुदामा देवी रामको नाम सिफारिस भएको छ ।
त्यस्तै बारा क्षेत्र नं २ बाट बलबीर चौधरी, अमरदेव प्रसाद यादव, मखन पासवान, राजेश प्रसाद साह, सतपाल यादव, कौशल किशोर सिंह, गौरी शंकर प्रसाद यादव, महपतिया देवी दुसादिनको नाम सिफारिस भएको छ ।
बारा क्षेत्र नं ३ बाट भने ज्वालाकुमारी साह, सीता सुवेदी, टिना सुवेदी, अध्यानन्द पाण्डे, महमद समिउल्लाह, सीमा ठकुरी, गायत्री साहको नाम सिफारिस भएको छ ।
बारा क्षेत्र न ४ बाट १ महिलासहित ३ जनाको नाम सिफारिस भएको छ, जसमा कृष्णकुमार (किसान) श्रेष्ठ, अमर यादव र सीता गुरुङ छन् ।
जिल्ला कमिटीको बैठकले क्षेत्रीय भेलाले समावेश नगरेका उम्मेदवारहरूलाई पनि समावेश गरेर सबैको नाम प्रदेशमा पठाइसकेको छ ।
नेकपा एमाले मधेस प्रदेश अध्यक्ष चन्द्रेश्वर मण्डलले प्रदेशका ८ वटै जिल्लाबाट सिफारिस भएर आएका नाम बुधबार बैठकमा पेस हुने बताए । ‘भोलि सचिवालयको बैठक बसेर फाइनल गरेर ८ वटै जिल्लाबाट आएका उम्मेदवारहरूको नामावली केन्द्रमा पठाउँछौँ,’ अध्यक्ष मण्डलले भने, ‘जिल्ला कमिटीबाट आएका नामावली भोलि २३ गते नै प्रदेशमा पेस हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अल्लोबाट आत्मनिर्भर बन्दै महिला
-
३३ अर्ब हाराहारीको बजेट ल्याउने गण्डकी सरकारको तयारी, सांसदलाई न्यूनतम ३ करोडको सिलिङ
-
दोस्रो चरणको मतदानपछि रास्वपा लुम्बिनीमा नयाँ नेतृत्व चयन
-
विश्वकपमा इङ्ग्ल्यान्डलाई झमेलाः गोली चल्यो, भूकम्प आयो अनि फेरि सामान चोरियो
-
‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ भन्दै विरोध प्रदर्शन, तस्बिरहरू
-
बागमती मन्त्रिपरिषद बैठक : मानव उद्धार पुनःस्थापन कार्यविधि स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण