शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

देशलाई सुशासनको मार्गमा डोर्‍याउन डिजिटल रोडम्याप ल्याउँछौँ : सञ्चारमन्त्री

मङ्गलबार, २२ पुस २०८२, २१ : ५३
मङ्गलबार, २२ पुस २०८२

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशलाई सुशासनको मार्गमा लैजाने एक मात्र उपाय डिजिटल रोडम्याप भएको बताएका छन् ।

काठमाडौँमा मंगलबार आयोजित सेपिङ नेपाल डिजिटल फ्युचर अन्तर्गत ‘एआई पोलिसी एण्ड इन्डष्ट्री ग्रोथ’ सम्बन्धी छलफलमा मन्त्री खरेलले डिजिटल नेपालको रोडम्याप बनाएर मुलुकलाई अगाडि बढाउन सरकार लागिरहेको भन्दै आफ्नै कार्यकालमा रोडम्याप ल्याउने विश्वास व्यक्त गरे ।

साथै मन्त्री खरेलले डिजिटल नेपालको रोडम्यापका लागि बुँदागत सुझाव दिन आग्रह गर्दै कार्यान्वयन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । सूचना प्रविधि क्षेत्रको विकासका लागि सम्बन्धित मन्त्रालयसम्म जोड्न सञ्चार मन्त्रालयले पुलको भूमिका खेल्ने र सबै अल्झन हटाउने उनले प्रतिबद्धता व्यक्त गरे ।

सञ्चारमन्त्री खरेलले मुलुकको विकास र समृद्धिको आधार सूचना र प्रविधि क्षेत्र भएको बताउँदै यस क्षेत्रको विकासका लागि सबैको सहयोग आवश्यक हुने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप