नेपाल मुक्तक प्रतिष्ठानको अध्यक्षमा रामकाजी कोने चुनिए
सारांश
- नेपाल मुक्तक प्रतिष्ठानको अध्यक्षमा रामकाजी कोने निर्वाचित भएका छन्।
- साधारणसभाले नयाँ कार्यसमिति चयन गर्दै उपाध्यक्ष, महासचिव, सचिव, र कोषाध्यक्ष चयन गर्यो।
- प्रतिष्ठानले २०८२ माघ १८ गते मुक्तक दिवस र वार्षिकोत्सव मनाउने भएको छ।
काठमाडौँ । नेपाल मुक्तक प्रतिष्ठान केन्द्रीय समितिको अध्यक्षमा मुक्तककार रामकाजी कोने चुनिएका छन् । राजधानीमा सम्पन्न प्रतिष्ठानको बाह्रौँ साधारणसभाले अध्यक्ष सहित नयाँ कार्यसमिति गठन गरेको हो ।
साधारणसभाले प्रतिष्ठानको उपाध्यक्षमा राधेश्याम लेकाली, महासचिवमा यादव भट्टराई, सचिवमा बादल घिमिरे, कोषाध्यक्षमा दिव्य गिरी र सदस्यहरूमा ई। विष्णुबहादुर सिंह र गुप्तबहादुर श्रेष्ठ चयन भएका छन् ।
यसैगरी संस्थाको सल्लाहकारमा वियोगी बुढाथोकीलाई मनोनयन गरिएको छ भने ज्ञानुवाकर पौडेल, तीर्थ श्रेष्ठ र प्रा। डा। लक्ष्मणप्रसाद गौतम प्रतिष्ठानको सल्लाहकारमा यथावत् राखिएको छ ।सभाले निशा के सीलाई मिशिगन राज्य, अमेरिकाको च्याप्टर निर्माण गर्न जिम्मेवारी दिएको छ ।
प्रतिष्ठानले आगामी २०८२ माघ १८ गते मुक्तक दिवस तथा प्रतिष्ठानको वार्षिकोत्सव समारोह आयोजना गर्ने पनि जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण