रसुवामा ३६ मतस्थल र ५७ मतदान केन्द्र कायम
रसुवा । आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्यका लागि मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कायम गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालयले मतदातालाई सहज र सरल बनाउन जिल्ला सुरक्षा समिति, स्थानीय मतदाता, बुद्धिजीवीसमेतको सुझावमा ती काम पूरा गरेको हो ।
जिल्ला निर्वाचन अधिकारी राजन रायका अनुसार २१ हजार १४१ महिलासहित ४१ हजार ४७१ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने छन् । यसका लागि मतदानका लागि छनोट गरिएका ३६ मतस्थल ५७ मतदान केन्द्र कायम रहनेछन् ।
यहाँका पाँच गाउँपालिकामध्ये उत्तरगया गाउँपालिकामा ११, कालिकामा १२, नौकुण्डमा १५, गोसाइँकुण्डमा १० मतदान केन्द्र रहने छन् । यसअघिको निर्वाचनमा ४० हजार ५०० मतदाताका लागि ५२ केन्द्र कायम गरिएको थियोभने हालको निर्वाचनमा अद्यावधिक गरिएको मतदाता नामावलीमा नाम थपिएका कारण मतदान केन्द्र क्रमशः वृद्वि गर्दै लगिएको बताइएको छ ।
निर्धारित मतदान केन्द्रमध्ये १४ सामान्य, ३८ संवेदनशील र पाँचवटा अतिसंवेदनशीलमा वर्गीकरण गरिएको निर्वाचन अधिकारी रायले जानकारी दिए
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जहाँ प्रकृतिसँग लुकामारी गर्दै संस्कृतिसँग साक्षात्कार गर्न पाइन्छ (तस्बिरहरू)
-
बेल्जियमको अग्रता दोब्बर, ट्रसयार्डको दोस्रो गोल
-
बजेट कार्यान्वयन सुधारका लागि कर्णालीमा सधैँ उस्तै नीति, अवस्था ज्युँका त्युँ !
-
विजय मल्लका कृतिहरू
-
अमेरिकाबाट फिर्ता ल्याइएको शाक्यमुनि बुद्धको प्राचीन मूर्ति पुनःस्थापना
-
चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण