जर्जियाको ‘वर्ल्ड राइजिङ स्टार’मा नेपालको प्रतिनिधि प्रनिक र समृद्धि
काठमाडौं । जर्जियामा आयोजना हुने ‘वर्ल्ड राइजिङ स्टार’मा नेपालबाट दुई बालबालिकाले प्रतिनिधित्व गर्ने भएका छन् । यो प्रतियोगितामा ‘डिएसए स्टार सिजन १५’को विजेता प्रनिक थापा र ‘डिएसए स्टार सिजन १६’का विजेता समृद्धि शाहले नेपालको प्रतिनिधित्व गर्न लागेका हुन् ।
उनीहरुसँगै ‘डिएसए स्टार’ आयोजक परिवर्तन इभेन्ट हाउसका निर्देशक तथा वर्ल्ड राइजिङ स्टारका नेसनल डिरेक्टर राज बराइली पनि जर्जिया जाँदैछन् ।
जर्जियाको राजधानी तिब्लिसीमा यही जनवरी ८ देखि १३ तारिखसम्म सञ्चालन हुने प्रतियोगिता विश्वभरबाट ४० भन्दा बढी देशहरू सहभागी हुँदैछन् । परिवर्तन इभेन्ट हाउसले दुई पटक ‘वर्ल्ड राइजिङ स्टार’मा प्रतिनिधित्व गरिसकेको छ । दुई पटक नै नेपाली बालबालिका विश्व विजेता बनिसकेका छन् ।
हाउसका निर्देशक राज बराइलीले यसपटक पनि शीर्ष ताज नेपालमै ल्याउनका लागि तयारी गरिरहेको बताए । उनका अनुसार प्रतियोगिताका लागि नेपाललाई चिनाउने भिडियो निर्माण गरिएकाले त्यो भिडियो प्रतियोगितामा प्रदर्शन गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
-
परीक्षामा धाँधली रोक्न भारत सरकारले लगाएको टेलिग्राम प्रतिबन्ध फुकुवा
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
-
शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल
-
चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण