धनुषा र महोत्तरीका किसानबाट ६ हजार क्विन्टल बढी धान खरिद, लक्ष्यको आधा पुरा
सारांश
- खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धनुषा र महोत्तरीका किसानबाट ६ हजार २७५ क्विन्टल धान खरिद गरेको छ।
- कम्पनीले यस वर्ष १३ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको छ, जसमध्ये आधा संकलन भइसकेको छ।
- किसानहरूलाई धानको भुक्तानी सिधै बैंक खातामा पठाउने व्यवस्था मिलाइएको छ र गुणस्तरीय धान मात्र खरिद गरिन्छ।
धनुषा । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, मधेस प्रदेश कार्यालय जनकपुरधामले धनुषा र महोत्तरीका किसानबाट हालसम्म ६ हजार २७५ क्विन्टल सोना मन्सुली धान खरिद गरेको छ। गत मङ्सिर २८ गतेदेखि धान खरिद प्रक्रिया सुरु गरेको कम्पनीले अहिले दैनिक ५ देखि १५ जना किसानको धान संकलन गरिरहेको छ। हालसम्म १६५ जना किसानले स्थानीय तहको सिफारिसमा आफ्नो उत्पादन बिक्री गरिसकेका छन्।
कम्पनीले यस वर्ष कुल १३ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको छ, जसको करिब आधा हिस्सा संकलन भइसकेको छ। प्रतिकिसान अधिकतम ५० क्विन्टलसम्म धान खरिद गर्ने नीति भए पनि स्थानीय तहको सिफारिसमा केही किसानबाट ५५ क्विन्टलसम्म लिने गरिएको छ। धान बिक्री गर्नेहरूमा धनुषाको लक्ष्मीनिया, नगराइन र क्षिरेश्वरनाथ नगरपालिका तथा महोत्तरीको बलवा नगरपालिकाका किसानहरू बढी रहेका छन्।
सरकारले यस वर्ष सोना मन्सुली धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६ रुपैयाँ ३३ पैसा तोकेको छ। किसानलाई धानको भुक्तानी सिधै उनीहरूको बैंक खातामा पठाउने व्यवस्था मिलाइएको प्रादेशिक प्रमुख निर्मल थापाले जानकारी दिएका छन्। कम्पनीको गोदाम नजिक दुईवटा काँटा राखेर बिहान १० बजेदेखि साँझ ५ बजेसम्म धान संकलनको काम भइरहेको छ।
खरिद गर्नुअघि कम्पनीले धानको गुणस्तर परीक्षण गर्ने गरेको छ। गुणस्तर शाखाकी अधिकृत सरला प्रजापतिका अनुसार मापदण्ड पुगेका गुणस्तरीय धान मात्र खरिद गरिएको छ। स्थानीय बजारमा उचित मूल्य नपाउने चिन्तामा रहेका किसानहरूका लागि सरकारी समर्थन मूल्यमा धान खरिद सुरु भएपछि राहत मिलेको छ। अझै धेरै किसानहरू धान बिक्रीका लागि नाम दर्ता गराएर पालो पर्खिरहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अल्लोबाट आत्मनिर्भर बन्दै महिला
-
३३ अर्ब हाराहारीको बजेट ल्याउने गण्डकी सरकारको तयारी, सांसदलाई न्यूनतम ३ करोडको सिलिङ
-
दोस्रो चरणको मतदानपछि रास्वपा लुम्बिनीमा नयाँ नेतृत्व चयन
-
विश्वकपमा इङ्ग्ल्यान्डलाई झमेलाः गोली चल्यो, भूकम्प आयो अनि फेरि सामान चोरियो
-
‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ भन्दै विरोध प्रदर्शन, तस्बिरहरू
-
बागमती मन्त्रिपरिषद बैठक : मानव उद्धार पुनःस्थापन कार्यविधि स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण