नेविसंघको प्रदर्शन, प्रहरीको लाठी ! (फोटोफिचर)
काठमाडौं– केपी ओली नेतृत्वको सरकारले अधिनायकवाद लाद्न खाजेको आरोप लगाउँदै नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले मंगलबार राजधानीमा प्रदर्शन गरेको छ ।
सरकारले अधिकारको पक्षमा लडेको भनेपनि नागरिकको अधिकार खोस्न खोजेको, गोविन्द केसीको माग पूरा गर्न चासो नदिएकोलगायतका समेत लगाउँदै सरकारको विरोधमा नेविसंघले प्रदर्शन गरेको हो ।
माइतीघरमा भेला भएर नाराबाजीसहित संघीय संसद भवन नयाँ वानेश्वरतर्फ अघि बढेका नेविसंघका कार्यकर्ताले निषेधित क्षेत्र समेत तोड्ने प्रयास गरेपछि केहिबेर दुई पक्षीय झडप समेत भएको थियो ।
सो क्रममा प्रहरीले लाठीचार्ज गर्दा केहि नेविसंघका कार्यकर्ता घाइते समेत भएको बताइएको छ ।
पछिल्लो समय सरकार विरुद्ध कांग्रेस र उसका भातृ संगठन सरकारविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुँदै आएको छ ।
कांग्रेसले केहिअघि बैठकबाटै सडक र सदनबाट सरकारविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुने नीतिसहितको निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रजातन्त्रका लागि लडेको कांग्रेसमै निरङ्कुशता सुरु भयो : शेखर कोइराला
-
मंगलबारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने
-
सामाजिक सञ्जाल ट्रायल र सिन्धुलीको वैचारिक सङ्घर्ष
-
नेता र राज्यका अङ्गहरू स्वार्थ समूहको गोजीमा थिए, त्यो जालो अब तोडिन्छ : अर्थमन्त्री
-
विश्व आदिवासी युवा सम्मेलन सम्पन्न
-
युवाहरूले बिदेसिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री वाग्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण