शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

मकवानपुर–१ बाट रास्वपाकी बिन्दबासिनी कंसाकारको उम्मेदवारी घोषणा

बुधबार, २३ पुस २०८२, २० : २४
बुधबार, २३ पुस २०८२

हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बिन्दबासिनी कंसाकारले मकवानपुर क्षेत्र नं १ बाट प्रतिनिधि सभाको आगामी निर्वाचनमा उम्मेदवारी घोषणा गरेकी छन् ।

उनले बुधबार साँझ सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएकी हुन् । 

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेकी छन्– 'आदरणीय मकवानपुर जिल्लावासी सम्पूर्ण जनसमुदायमा नमस्कार, म बिन्दबासिनी कंसाकार, मकवानपुर क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट आगामी फागुन २१ गते हुनगइरहेको प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारीको घोषणा गरेको छु । यस ऐतिहासिक यात्रामा तपाईं सम्पूर्णको साथ, समर्थन र अमूल्य मतको अपेक्षा गर्दछु ।'

रास्वपाले कंसाकारलाई अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ उम्मेदवार बनाएको थियो । सांसद ढाकाकुमार श्रेष्ठ आर्थिक लेनदेनमा मुछिएर पदमुक्त भएपछि कंसाकारले प्रतिनिधि सभा सदस्य बन्ने अवसर पाएकी थिइन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ यहाँबाट राप्रपाबाट दीपक सिंह विजयी भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप