अपडेट
प्रचण्डको सायरी उद्धृत गर्दै रहबरले दिएको राजीनामापत्रमा के छ ?
बिहीबार, २४ पुस २०८२, १५ : २३
काठमाडौँ । साविक नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य तथा मधेस प्रदेश सभा सदस्य रहबर अन्सारीले नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड समक्ष राजीनामा दिएका छन् ।
बिहीबार अन्सारीले हुलाकमार्फत प्रचण्डलाई राजीनामा बुझाएका हुन् ।
संयोजक प्रचण्डले मधेस प्रदेशमा वाचन गरेको‘सागर के तुफान को भी हमने बस में किया है..’ सायरी उद्धृत गर्दै अब यो गीत प्रचण्डको स्मृतिमा मात्र बाँकी रहेको बताउँदै राजीनामा दिएका हुन् ।
उनले साहस, इमान, र जोखिम तीन वटै कुरा पार्टीले त्यागिसकेको समेत राजीनामापत्रमा उल्लेख गरेका छन् ।
‘म यो विरोधाभासको हिस्सा बन्न सक्दिनँ । यसै बोधका साथ म पार्टी सदस्यताबाट समाजवादी क्रान्ति जिन्दावाद भन्दै बिदा लिन्छु’, रहबरले बुझाएको राजीनामा पत्रमा भनिएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण