निर्वाचनपछि संसद र सरकार दुवैमा युवाहरुको वर्चश्व हुनेछः सञ्चारमन्त्री खरेल
काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी निर्वाचनपछि संसद र सरकार दुवैमा युवाहरुको वर्चश्व रहने दाबी गरेका छन् । शुक्रबार आफ्नो मन्त्रालय अन्तर्गतको सूचना प्रविधि विभागमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो आकलन गरेका हुन् ।
मन्त्री खरेलले तोकिएको मितिमा निर्वाचन हुने र त्यसपछि बन्ने संसद र सरकारमा युवाहरुको वर्चश्व हुने भएकाले मुलुकको सूचना प्रविधि क्षेत्रको विकासले त्यसले महत्वपूर्ण योगदान दिने विश्वास समेत व्यक्त गरे । उनले संसद र सरकार दुवैमा युवाहरुको वर्चश्व हुनु मुलुकका लागि नै खुशीको कुरा भएको समेत बताए ।
उनले भने, ‘ फागुन २१ मा चुनाव हुन्छ । चुनाव भएपछि तपाइँहरुलाई एउटा कुरा भनौँ– मेरो विचारमा जुनसुकै पार्टीले पनि अहिले कोटाहरु तोकेको छ युवाहरुका लागि । यो हामी आशा गर्ने ठाउँ हो । मैले यो फेक धरातलमा भनेको होइन । यस पटक पार्लियामेन्टमा वा गोभरर्मेन्टमा जुनसुकै पार्टीबाट आएपनि युवाहरुको यस्तो वर्चश्व हुनेवाला छ । युवाहरुको वर्चश्व हुुन भनेको यो डिपार्टमेन्टको लागि खुशीको कुरा हो ।’
मन्त्री खरेलले सीमित स्रोत र साधनका कारण सो विभागले चाहेजति काम गर्नसक्ने अवस्था नभएकोतर्फ आफू सचेत रहेको पनि बताए । उनले स्रोत र साधनको अभावमा आफूले पनि मातहतका निकायलाई काम गर्न निर्देशन दिने अवस्था नभएको पनि स्वीकार गरे । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण