आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

पूर्वराज्यमन्त्री चौधरीको निधन

शनिबार, २६ पुस २०८२, १८ : १९
शनिबार, २६ पुस २०८२

सप्तरी । राष्ट्रिय मुक्ति पार्टी नेपालका कार्यकारिणी सदस्य एवं पूर्वराज्यमन्त्री चन्द्रकान्त चौधरीको निधन भएको छ । 

सप्तरीको निजी निवासमा आज बिहान ८५ वर्षको उमेरमा उनको निधन भएको राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव सन्तोष मेहताले बताए । राष्ट्रिय मुक्ति पार्टीको थारु राष्ट्रिय परिषद् अध्यक्षसमेत रहेका चौधरी २०७४ मा सप्तरीबाट चुनाव जितेर ऊर्जा राज्यमन्त्री भएका थिए । 

यसपटक पनि नेता चौधरी फागुन २१ गते हुने चुनावमा सप्तरी–३ बाट लड्ने तयारीमा थिए । उनको नाम पनि सप्तरीबाट सिफारिस भएको थियो । पार्टीले उनलाई उम्मेदवार बनाउने तयारी पनि गरिसकेको तर अचानक आज उनको निधन भएको महासचिव मेहताले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप