राजा, राजनीतिक दल र जेनजीबिच नयाँ समझदारी आवश्यक : लिङ्देन
सारांश
- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको निर्णय प्रक्रिया विदेशीको हातमा पुगेको बताए।
- उनले देशको निर्णायकत्व फर्काउन नयाँ राष्ट्रिय समझदारीको खाँचो औंल्याए, जसले राजनीतिक दलहरूको नियन्त्रण गुमेको उल्लेख गरे।
- लिङ्देनले आगामी निर्वाचन अगाडि राजा, राजनीतिक दल र नयाँ पुस्ताबीच समझदारी हुनुपर्नेमा जोड दिए।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको निर्णय प्रक्रिया विदेशीको हातमा पुगेको दाबी गर्दै मुलुकको निर्णायकत्व फर्काउन नयाँ राष्ट्रिय समझदारीको खाँचो रहेको बताएका छन्। शनिबार काठमाडौँमा राप्रपा टोखा नगर अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष लिङ्देनले मन्त्री छान्नदेखि चुनावी गठबन्धन बनाउनेसम्मका योजना विदेशी शक्तिले बनाउन थालेको भन्दै चिन्ता व्यक्त गरे।
गत भदौ २३ र २४ गतेका घटनाले नेपालको राजनीतिमा दलहरूको नियन्त्रण गुमेको प्रमाणित गरेको लिङ्देनको भनाइ छ। बाह्य शक्तिको अस्वस्थ प्रतिस्पर्धाका कारण नेपाल गम्भीर भूराजनीतिक चक्रव्यूहमा फसेको उल्लेख गर्दै उनले यसबाट समयमै नजोगाए देशको अस्तित्व नै खतरामा पर्न सक्ने चेतावनी दिए। उनले अबको निर्वाचन अगाडि नै राजा, राजनीतिक दल र नयाँ पुस्ता (जेनजी) बिच एउटा मौलिक र नयाँ समझदारी कायम हुनुपर्नेमा जोड दिएका छन्।
लिङ्देनले कसैले जित्ने वा हार्ने भन्दा पनि देशले जित्ने व्यवस्था निर्माण गरेर मात्रै निर्वाचनमा जानुपर्ने धारणा राखे। ‘कुनै पनि शक्ति पाखा नपर्ने गरी सबैलाई समेट्ने मौलिक व्यवस्था आजको आवश्यकता हो,’ उनले भने। अहिलेको समय राप्रपाका लागि सबैभन्दा अनुकूल र उर्वर रहेको चर्चा गर्दै उनले पार्टीलाई थप एकताबद्ध र सुदृढ बनाएर लैजान कार्यकर्ताहरूलाई निर्देशन दिए।
समान विचारधारा भएका अन्य समूहहरूसँग एकताका लागि घनीभूत छलफल भइरहेको जानकारी दिँदै अध्यक्ष लिङ्देनले राप्रपा अबको वैकल्पिक शक्तिका रूपमा अघि बढ्ने दाबी गरे। मुलुकलाई वैदेशिक हस्तक्षेपबाट मुक्त गराउन र आन्तरिक एकता बलियो बनाउन राप्रपाले नेतृत्वदायी भूमिका खेल्ने उनको प्रतिबद्धता छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण