'भोलिदेखि नयाँ कांग्रेस हुनेछ'
आइतबार, २७ पुस २०८२, १८ : ०५
सारांश
- फरमुल्लाह मन्सुरले भदौ २३ र २४ को घटनापछि पार्टीलाई नयाँ शिराबाट अघि बढाउनुपर्ने बताए।
- विशेष महाधिवेशनमा मेची महाकालीबाट प्रतिनिधि सहभागी भएको र नयाँ कांग्रेस बनाउने सपना पुरा हुने बताए।
- उनले भोलिको बन्द सत्रबाट कांग्रेसले नयाँ नीति लिने र सभापति देउवालाई उपस्थिति जनाउन आग्रह गरे।
काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले भदौ २३ र २४ को घटनापछि पार्टीलाई नयाँ शिराबाट अघि बढाउनुपर्छ भनेर नेतृत्वलाई भन्दा सुनुवाइ नभएपछि विशेष महाधिवेशन निम्त्याएको बताएका छन् ।
आइतबार काठमाडौँमा सुरु भएको विशेष महाधिवेशनमा शुभकामना मन्तव्य राख्दै मन्सुरले यस्तो बताएका हुन् । साथै उनले विशेष महाधिवेशनमा मेची महाकालीबाट प्रतिनिधि सहभागी भएकाले अव नयाँ कांग्रेस बनाउने सपना पुरा हुने बताए ।
‘भोलिको बन्द सत्रबाट कांग्रेसले नयाँ नीति लिनेछ । नयाँ कांग्रेस हुनेछ र नयाँ उत्साह थपिनेछ’,मन्सुरको भनाइ छ । उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई भोलीको बन्द सत्रमा उपस्थिति जनाएर कांग्रेस एक ढिक्का भएको सन्देश दिन पनि आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाडी चालक रामबहादुरको शव कर्णाली नदी टापुमा भेटियो
-
बढ्यो प्रचण्डको सक्रियता, माधवपछि ओलीलाई भेटेर प्रदेशबारे निर्णयमा पुग्ने
-
विराटनगर आइपुग्याे रेल कार्गो, तस्बिरहरू
-
तीतो करेलाखेतीमा उज्यालो भविष्य खोज्दै महिलाहरू
-
मार्को रुबियो चीन र रुससँग भेट्न तयार
-
मधेस प्रदेशमा सवारी दुर्घटना बढे पनि मृत्युदर घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण