शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

आगो ताप्ने क्रममा झगडा हुँदा युवकको मृत्यु

आइतबार, २७ पुस २०८२, २० : ३५
आइतबार, २७ पुस २०८२

काठमाडौँ । ललितपुरको मंगलबजार स्थित वकुबहालमा आगो ताप्ने निहुँमा विवाद हुँदा दुई समूहको बिचमा झगडा भएको छ ।

शनिबार राति ललितपुर महानगरपालिका–६ वकुबहालमा झगडा हुँदा घाइते भएका एक जना युवकको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली घर भएर ललितपुर–८ पाटन, सुन्धारा बस्दै आएका २५ वर्षीय विजय राई छन् । 

उपचारको क्रममा आइतबार उनको अल्का अस्पतालमा मृत्यु भएको हो । शनिवार राति साढे ९ बजेतिर एउटा समूहका युवाहरू वकुबहालमा आगो ताप्दै थिए ।

अर्को समूह त्यहाँ आएर आगो ताप्न थालेपछि विवाद हुँदा दुई पक्षको बिचमा हानाहान भएको हो । विजय राई झगडापछि डेरामा गएर सुतेको र बिहान अबेरसम्म नउठेपछि परिवारले उनलाई अस्पताल लगेका हुन् । अस्पतालमा उपचारको क्रममा उनले ज्यान गुमाएका हुन् ।

घटना अनुसन्धान गर्न दुई जनालाई पक्राउ गरिएको ललितपुरका एसएसपी होबिन्द्र बोगटीले रातोपाटीलाई बताए । कुटपिटमा संलग्न सिन्धुलीको दुधौली नगरपालिका–९ घर भएर वकुबहाल बस्ने २५ वर्षीय राजु थापा र उदयपुर घर भएर सोही ठाउँमा बस्ने २३ वर्षीय दिपेश दाहाल छन् । राजु र दिपेशको समूहमा अर्का एक जना पनि थिए ।

मृतक विजय राईको समूहमा पनि ३ जना रहेको थाहा भएको छ । घटनाबारे जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप