भारतको ठूलो सुन निर्यात कम्पनीमा प्रमुख कार्यकारीको तलब जम्मा २७ हजार रुपैयाँ
सारांश
- राजेश एक्सपोर्ट्समा लेखा तथा वित्तीय अनियमितता भएको आरोप भारतीय अनुसन्धान निकायहरूले लगाएका छन् ।
- कम्पनीका प्रबन्ध निर्देशकलाई मासिक करिब १७ हजार भारतीय रुपयाँ (२७ हजार २०० नेपाली रुपैयाँ) तलब दिइएको खुलेको छ ।
- अनुसन्धानमा करिब ३० अर्ब भारतीय रुपैयाँ बराबरको लेखा विसंगति र ४० प्रतिशतसम्म सुनको भौतिक भण्डार कम देखिएको छ ।
बेंगलुरु । भारतका प्रमुख सुन निर्यातकर्तामध्ये एक कम्पनी राजेश एक्सपोट्र्समा व्यापक स्तरमा लेखा तथा वित्तीय अनियमितता भएको आरोप भारतीय अनुसन्धान निकायहरूले लगाएका छन् ।
अनुसन्धान अनुसार कम्पनीले गत वर्ष करिब ८१ अर्ब अमेरिकी डलर बराबरको आम्दानी देखाएको भए पनि त्यसमा गम्भीर विसंगति र असामान्य वित्तीय संरचना भेटिएको छ । अनुसन्धानकर्ताहरूका अनुसार कम्पनीका व्यापारिक सूचकहरू सामान्य व्यावसायिक अभ्यासभन्दा धेरै फरक देखिएका छन् ।
जाँचमा कम्पनीका प्रबन्ध निर्देशकलाई मासिक करिब १७ हजार भारतीय रुपयाँ (२७ हजार २०० नेपाली रुपैयाँ) मात्र तलब दिइएको खुलेको छ । त्यस्तै, कम्पनीका प्रमुख वित्तीय अधिकृतले सन २०२० यता कुनै तलब नपाएको पनि अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । भारतीय अधिकारीहरूले कम्पनीको विदेशी कारोबारसम्बन्धी अभिलेखहरू अपूर्ण रहेको, करिब ३० अर्ब भारतीय रुपैयाँ बराबरको लेखा विसंगति भेटिएको, करिब ४० प्रतिशतसम्म सुनको भौतिक भण्डार कम देखाइएको निष्कर्ष निकालेका छन् । साथै बजारमा सेयर मूल्य कृत्रिम रूपमा प्रभावित पारिएको आशंका पनि गरिएको छ ।
यसअघि भारतको बजार नियामक संस्था सेबीले पनि राजेश एक्सपोट्र्सको आम्दानीमा गम्भीर शंका व्यक्त गर्दै ९७ देखि ९९ प्रतिशतसम्म आम्दानी बढाइचढाइ गरिएको हुन सक्ने जनाएको थियो । सेबीले उक्त अवस्थालाई अत्यन्त गम्भीर र असाधारण भन्दै कम्पनीसँग स्पष्टीकरण मागेको थियो । कम्पनीले भने सबै आरोप अस्वीकार गर्दै आफ्नो वित्तीय विवरणहरू पूर्ण रूपमा सही र वैध भएको दाबी गरेको छ ।
अनुसन्धान प्रतिवेदन सार्वजनिक भएपछि कम्पनीको सेयर मूल्य करिब ५ प्रतिशतले घट्दै बजारमा ठूलो असर देखिएको छ । भारतको बेंगलुरुस्थित मुख्यालय र मुम्बई कार्यालयमा गरिएको छापा तथा अनुसन्धानपछि यो विषय थप गम्भीर बनेको अधिकारीहरूले जनाएका छन् । राजेश एक्सपोट्र्स स्विट्जरल्याण्डस्थित प्रमुख सुन प्रशोधन कम्पनी भाल्काम्बीको पनि मालिक हो, जसले विश्व बजारमा सुन प्रशोधन तथा निर्यातको ठूलो हिस्सा ओगट्ने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: एन्फा पूर्वअध्यक्ष पक्राउदेखि ९५ प्रतिशत स्थानीय सरकारले बजेट समयमै ल्याएसम्म
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या ५८९ पुग्यो
-
भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु
-
भारत लैजान लागेको ४ केजी अफिम सहित दुई जना पक्राउ
-
पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण
-
भूलबस मिसाइल आक्रमणबारे ‘गलत’ चेतावनी दिएकोमा युएईद्वारा क्षमा याचना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण