शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

दुई दशकपछि अभिनयमा फर्किए राकेश

शुक्रबार, १२ असार २०८३, १४ : ५१
शुक्रबार, १२ असार २०८३

सारांश

  • कलाकार राकेश खड्का दुई दशकपछि फिल्म 'सिन्दुरे जात्रा' मार्फत अभिनयमा फर्किएका छन् ।
  • घरायसी कारणले अभिनयबाट बाहिर रहेका खड्काले वि.सं. २०४३ मा 'माया' फिल्मबाट अभिनय यात्रा सुरु गरेका थिए ।
  • खड्काले 'प्रेमपिण्ड', 'श्री स्वस्थानी' र 'भानुभक्त' जस्ता विभिन्न चलचित्रहरूमा अभिनय गरेका छन् ।

काठमाडौँ । कलाकार राकेश खड्का अभिनयमा फर्किएका छन् । फिल्म ‘सिन्दुरे जात्रा’ मार्फत उनी दुई दशकपछि अभिनयमा फर्किएका हुन् ।  फिल्ममा प्रधानन्च चरित्रको महत्वपुर्ण भुमिका रहेको उनले बताए ।

एक समय नेपाली फिल्म क्षेत्रमा नायक, खलनायक तथा चरित्र अभिनेताका रूपमा परिचय बनाउन सफल खड्का फिल्म ‘शहर’पछि अभिनयमा देखिएका थिएनन् । उनी विदेश पलायन भएर वा अभिनय अफर नभएर फिल्मबाट बाहिर रहेका भने होइन् । अभिनय अफर प्रसस्तै रहदा रहदा पनि घरायसी कारणले अभिनयबाट बाहिर रहन उनले बताए ।

वि.सं.२०४३ मा प्रदीप रिमाल निर्देशित फिल्म ‘माया’बाट अभिनय यात्रा थालेका खड्काले तुलसी घिमिरे निर्देशित ‘दुई थोपा आँसु’मा खलपात्रको भूमिका थिए । जसलाई दर्शक तथा समिक्ष दुबैले रुचाएका थिए ।

त्यसैगरी, निर्देशक दीपक रायमाझीको फिल्म ‘प्रेयसी’ मा पनि खलनायककै भूमिका गरेका उनले वि.सं.२०५२ मा नीर शाहद्वारा निर्देशित ऐतिहासिक एवं चर्चित फिल्म ‘प्रेमपिण्ड’मा पनि खड्काको सशक्त अभिनय थिया ।

उनको धार्मिक विधाका फिल्म अभिनय उत्तिकै प्रभावशाली रह्यो । उनले ‘श्री स्वस्थानी’ भगवान महादेवको मुख्य भूमिका निर्वाह गरेका थिए, भने आदिकवि भानुभक्त आचार्यको जीवनमा आधारित फिलम ‘भानुभक्त’ मा उनले भगवान श्रीरामको भूमिका निर्वाह गरे । धार्मिक तथा पौराणिक पात्रहरूको चरित्र चित्रणमा उनको अभिनयको विशेष प्रशंसा हुने गथ्र्याे ।

उनले फिल्म ‘शहर’मा मुख्य खलपात्रको भूमिका निर्वाह गरेका थिए । जसलाई दर्शकले रुचाएका थिए । चरित्रअनुसार आफूलाई अभिनयमा ढाल्न सक्ने क्षमता खड्का अब भने नियमित फिल्म अभिनय गर्ने बताउँछन् । ‘म ब्यक्तिगत कामले अभिनय अभिनयबाट टाढा रहे । तर दर्शकको खोजिमा सधै परे’, खड्काले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप