बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय
अपडेट

सुन र चाँदीको मूल्यमा उच्च वृद्धि, फेरि बन्यो ऐतिहासिक रेकर्ड

सोमबार, २८ पुस २०८२, १० : ५९
सोमबार, २८ पुस २०८२

सारांश

  • सोमबार सुनको मूल्य प्रति तोला ४ हजार १०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको छ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य २ लाख ७४ हजार ७०० रुपैयाँ तोकेको छ।
  • चाँदीको मूल्यमा समेत वृद्धि भएको छ, प्रति तोला २९५ रुपैयाँले बढेको छ।

काठमाडौं । सुनको मूल्यले फेरि ऐतिहासिक रेकर्ड कायम गरेको छ । सोमबार सुनको मूल्य ४ हजार १०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको मूल्य २ लाख ७४ हजार ७०० रुपैयाँ तोकेको हो । अघिल्लो दिन यस्तो मूल्य २ लाख ७० हजार ६०० रुपैयाँ रहेको थियो ।

त्यस्तै, चाँदीको मूल्य समेत प्रतितोला २९५ रुपैयाँले बढेको छ । आइतबार ४ हजार ९९० रुपैयाँ रहेको चाँदी आज ५ हजार १९५ रुपैयाँ पुगेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप