अस्ट्रेलियाकी कप्तान एलिसाले गरिन् संन्यासको घोषणा
सारांश
- अस्ट्रेलियाली महिला क्रिकेट टोलीकी कप्तान एलिसा हिलीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरिन्।
- हिलीले २०२६ को फेब्रुअरी-मार्चमा भारतविरुद्धको घरेलु सिरिज आफ्नो अन्तिम शृङ्खला हुने बताइन्।
- उनले नयाँ खेलाडीलाई मौका दिन र मानसिक तथा शारीरिक चुनौतीका कारण सन्यासको निर्णय लिएकी हुन्।
सिड्नी । अस्ट्रेलियाली महिला क्रिकेट टोलीकी कप्तान तथा दिग्गज विकेटकिपर ब्याटर एलिसा हिलीले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेकी छिन्। सन् २०२६ को फेब्रुअरी–मार्चमा भारतविरुद्ध हुने घरेलु मल्टी-फर्म्याट सिरिज नै उनको करियरको अन्तिम शृङ्खला हुनेछ।
पर्थमा खेलिने डे-नाइट टेस्ट खेल उनको अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल बन्ने निश्चित भएको छ। भारतविरुद्ध हुने एकदिवसीय शृङ्खला खेले पनि हिलीले प्रस्तावित टी-२० अन्तर्राष्ट्रिय खेलहरूमा भने सहभागिता नजनाउने निर्णय गरेकी छिन्।
टोलीले नयाँ खेलाडीहरूका साथ तयारी सुरु गरोस् भन्ने उद्देश्यले उनले यो निर्णय लिएकी हुन्। ६ देखि ९ मार्च २०२६ सम्म पर्थको वाका मैदानमा हुने डे-नाइट टेस्ट हिलीको करियरको ११औँ टेस्ट खेल हुनेछ।
‘विलो टक’ पोडकास्टमा बोल्दै हिलीले पछिल्ला केही वर्ष मानसिक रूपमा चुनौतीपूर्ण रहेको र निरन्तरको चोट तथा बढ्दो उमेरका कारण पहिलेजस्तै तयारीमा रहन गाह्रो हुँदै गएको बताएकी छिन्। सन् २०२६ मा इंग्ल्यान्डमा हुने टी-२० विश्वकपसम्म खेल्ने प्रयास गर्नु टोलीको हितमा नहुने ठम्याइ उनको छ।
टोली अहिले परिवर्तनको चरणबाट गुज्रिरहेकोले नयाँ पुस्तालाई मौका दिनु आवश्यक रहेको उनले उल्लेख गरेकी छिन्। परिवार र टोलीका बिचमा घरेलु मैदानबाटै बिदा लिने इच्छा रहेकाले भारतविरुद्धको यो सिरिज आफ्नो लागि भावनात्मक रूपमा विशेष रहने हिलीले बताइन्।
एकदिवसीय विश्वकपका क्रममा लागेको चोटबाट मुक्त भई हाल आफू फिट र बलियो महसुस गरिरहेको उनले जानकारी दिएकी छिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा उपसभापतिमा मन्त्री विराज भक्त श्रेष्ठको उम्मेदवारी घोषणा
-
रास्वपा सह–महामन्त्रीमा असिम शाहको उम्मेदवारी घोषणा
-
कुकुरले बाख्रा मार्न थालेपछि बरङ्जावासी त्रसित
-
पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता
-
विदेश पठाउने नाममा ४७ लाख ९२ हजार ठगी गर्ने ४ जना पक्राउ
-
हुम्लाका ७ वटै स्थानीय तहले ल्याए बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण