शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

मुस्ताङको लोमान्थाङबाट दुई करोडभन्दा बढी मूल्यको इलेक्ट्रिक चुरोटसहित एक जना पक्राउ

मङ्गलबार, २९ पुस २०८२, ११ : ०७
मङ्गलबार, २९ पुस २०८२

सारांश

  • मुस्ताङको लोमान्थाङमा २ करोड बढीको इलेक्ट्रिक चुरोटसहित एक जना पक्राउ परेका छन्।
  • पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ३२ वर्षीय पेमा लामा रहेका छन्, जो कन्टेनर चालक हुन्।
  • चीनबाट अवैध रूपमा ल्याइएको ८० कार्टुन इलेक्ट्रिक चुरोटसहित लामालाई सुरक्षा टोलीले नियन्त्रणमा लियो।

मुस्ताङ । मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ नेचुङबाट दुई करोड २४ लाख ५९ हजार ३ सय २० रुपैयाँ बराबरको इलेक्ट्रिक चुरोट (भेप) सहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका–५ निवासी अन्दाजी ३२ वर्षीय पेमा लामा रहेका छन् । उनलाई ना ६ ख ७५९१ नम्बरको कन्टेनरसहित नियन्त्रणमा लिइएको सशस्त्रका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । 

उनका अनुसार ३–४ दिनअघि चीनबाट अवैध रूपमा ल्याई नेपाल–चीन सीमा क्षेत्रको कोरोला नाका अगाडि गाडीमा लोड गरी राखिएको ८० कार्टुन इलेक्ट्रिक चुरोट कन्टेनरमा बोकेर लैजाँदै गर्दा लामा पक्राउ परेका हुन् । लामा उक्त कन्टेनरका चालक रहेको खुलेको छ ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट नेचुङबाट सशस्त्र प्रहरी नायब निरीक्षक उदयबहादुर कुमालको कमाण्डमा सोमबार खटिएको सुरक्षा टोली, मुस्ताङ भन्सार कार्यालयका कर्मचारी, नेपाल प्रहरी तथा स्थानीय जनप्रतिनिधिको संयुक्त टोलीले कन्टेनरसहित उनलाई नियन्त्रणमा लिएको थापाले मंगलबार बताए ।

बरामद गरिएको इलेक्ट्रिक चुरोट मुस्ताङ भन्सार कार्यालयमा बुझाइएको छ भने पक्राउ परेका लामालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय छोसेरमा बुझाइएको थापाले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप