कांग्रेस विशेष महाधिवेशनस्थलमा सुरक्षा व्यवस्था कडा
सारांश
- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान राति ९ बजेदेखि सुरु हुने भएको छ।
- भृकुटीमण्डपमा सुरक्षा व्यवस्था कडा पारिएको छ, निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै सुरक्षाकर्मीको संख्या बढाइएको छ।
- निर्वाचन समितिले विभिन्न पदका लागि उम्मेदवारी शुल्क तोकेको छ, जसमा सभापतिको लागि ३० हजार रुपैयाँ तोकिएको छ।
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आजै राति ९ बजेदेखि मतदान हुने भएपछि महाधिवेशन स्थल भृकुटीमण्डपमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै भृकुटीमण्डप क्षेत्रमा सुरक्षाकर्मीको संख्या बढाइएको हो । सम्भावित अवाञ्छित गतिविधि रोक्न सुरक्षाकर्मी परिचालन गर्दै प्रवेश तथा आवतजावतमा निगरानी कडा बनाइएको जनाइएको छ ।
निर्वाचन समितिले मतदाता नामावली प्रकाशन, मतदान, मतगणना तथा मतपरिणाम घोषणासम्मको कार्यतालिका सार्वजनिक गरेको छ । समितिका अनुसार सभापति पदका लागि उम्मेदवारी दर्ता गर्न ३० हजार रुपैयाँ शुल्क तोकिएको छ । उपसभापति र महामन्त्री पदका लागि २५ हजार तथा सहमहामन्त्री पदका लागि २० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
यस्तै केन्द्रीय सदस्य पदका लागि १० हजार रुपैयाँ शुल्क तोकिएको निर्वाचन समितिका संयोजक सीताराम केसीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण