सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

१४औं महाधिवेशन बेलाका सबै प्रतिनिधिको सूची प्रकाशित, सूचीमा राष्ट्रपति पौडेलको समेत नाम

मङ्गलबार, २९ पुस २०८२, १४ : ११
मङ्गलबार, २९ पुस २०८२

सारांश

  • नेपाली कांग्रेसको निर्वाचन समितिले १४औं महाधिवेशनमा प्रतिनिधिहरूको नामावली सार्वजनिक गरेको छ।
  • नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया आज राति ९ बजेदेखि सुरु हुनेछ।
  • महाधिवेशन स्थल भृकुटीमण्डपमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

काठमाडौँ । नेपाली कांग्रेसको निर्वाचन समितिले १४औं महाधिवेशनमा प्रतिनिधि रहेका सबैको नामावली सार्वजनिक गरेको छ । विशेष महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि प्रक्रिया अघि बढाउने क्रममा समितिबाट सार्वजनिक महाधिवेशन प्रतिनिधिको सूचीमा राष्ट्रपति रामचन्द्र पौडेलको नामसमेत समावेश गरिएको छ । 

 उक्त सूचीका आधारमै मतदान प्रक्रिया अघि बढाइने समितिको भनाइ छ । 

यसैबीच विशेष महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आजै राति ९ बजेदेखि मतदान हुने भएपछि महाधिवेशन स्थल भृकुटीमण्डपमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप