अवैध कल वाइपास सञ्चालन गरेको आरोपमा सात जना चिनियाँ नागरिक पक्राउ
काठमाडौँ । काठमाडौँको ज्याठाबाट प्रहरीले सात जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । अवैध अन्तर्राष्ट्रिय कल बाइपास सञ्चालन गरेको आरोपमा मंगलबार चिनियाँ नागरिकहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२७ ज्याठा स्थित लुई पान होटल एण्ड रेष्टुरेण्टका सञ्चालक लुई पान सहित ७ जना छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूराे (सीआईबी)ले सो होटलमा छापा मारेर आरोपीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा होटल सञ्चालक ३३ वर्षीय लुई, ३१ वर्षीय गाओ झिकुन, ४१ वर्षीय लुई जियानउई, ४१ वर्षीय दु सुआङ्ग सेङ्ग, ३८ वर्षीय पेङ काङ्ग, ४९ वर्षीय चाई झिजिन छन् ।
होटलमा इन्टरनेट प्रयोग गरेर उनीहरुले उपकरण मार्फत अन्तर्राष्ट्रिय कल बाइपास गर्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
आरोपीहरूले प्रयोग गर्ने गरेको उपकरण बरामद गरिएको सीआईबीका प्रवक्ता (एसएसपी) शिव कुमार श्रेष्ठले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा फ्रान्सको रूपान्तरण: आलोचनाबाट उपाधि दाबेदारसम्म
-
दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
रास्वपाले गठन गर्यो तीन आयोग
-
फेसबुकमै बोल्न डरमर्दो अवस्था : प्रविधिजन्य हिंसा नियन्त्रण गर्न राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता
-
डा. चेतना पौडेल जोडिएको रिट खारेज
-
भारतीय नीतिमा परिमार्जनसँगै नेपाली चिया निर्यात सहज, सुपारीको समस्या सल्टाउन पहल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण