निर्णायक वार्ताको लागि देउवा निवास महाराजगन्ज पुगे गगन र विश्व
सारांश
- कांग्रेस सभापति शेरबहादुर देउवासँग निर्णायक वार्ताका लागि महामन्त्रीद्वय महाराजगन्ज पुगेका छन्।
- विवाद समाधानको अन्तिम प्रयास स्वरूप भएको वार्तामा सहमति जुट्ने सम्भावना कम रहेको बताइएको छ।
- देउवाको संन्यास र टिकट वितरणबारे दुई समूहबीच सहमति हुन सकेको छैन।
काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवासँग निर्णायक वार्ताको लागि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा महाराजगन्ज पुगेका छन् । व्याप्त विवाद निरूपणको अन्तिम प्रयास स्वरूप महामन्त्रीद्वय देउवालाई भेट्न महाराजगन्ज पुगेको वार्ता समितिका सदस्य प्रदीप पौडेलले रातोपाटीलाई जानकारी दिए ।
टेलिफोन र अन्य नेताहरू मार्फत भएको कुराकानीलाई अन्तिम रूप दिन महामन्त्रीद्वय थापा र शर्मा सभापति देउवा निवास महाराजगन्ज पुगेका हुन् । त्यो वार्तामा पनि कुरा नमिलेमा दुवै समूह आआफ्नो बाटो लाग्ने नेताहरू बताउँछन्।
दुई समूहबिच सभापति देउवाले सक्रिय राजनीतिबाट संन्यास लिने र फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई दिने टिकटमा हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गर्ने विषयमा कुरा मिलेको छैन।
यही विषयलाई कसरी टुङ्ग्याउने भनेर शीर्ष तहमै अन्तिम छलफल हुन लागेको हो । तथापि दुवै पक्ष आआफ्नो अडानमा रहेकाले सहमति हुने सम्भावना न्यून रहेको नेताहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ७७५ ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण