काराबाओ कप : साबिक विजेता न्युक्यासल सिटीसँग पराजित
सारांश
- म्यानचेस्टर सिटीले काराबाओ कपको सेमिफाइनलमा न्युक्यासल युनाइटेडलाई २-० ले हरायो।
- एन्टोइन सेमेन्यो र रायन चेर्कीले सिटीका लागि गोल गरे, सेमेन्योले क्लबमा प्रभाव जमाए।
- न्युक्यासलले गोलका अवसर गुमायो, र अब दोस्रो लेगमा सिटीलाई इतिहाद स्टेडियममा स्वागत गर्नेछ।
म्यानचेस्टर सिटी । म्यानचेस्टर सिटीले काराबाओ कपको सेमिफाइनलको पहिलो लेगमा साबिक विजेता न्युक्यासल युनाइटेडलाई पराजित गर्दै फाइनल यात्रा बलियो बनाएको छ। सेन्ट जेम्स पार्कमा भएको प्रतिस्पर्धात्मक खेलमा म्यानचेस्टर सिटीले २-० को जित निकाल्दै दोस्रो लेगअघि महत्त्वपूर्ण अग्रता लिएको हो।
सिटीको जितमा भर्खरै अनुबन्धित एन्टोइन सेमेन्यो र रायन चेर्कीले एक-एक गोल गरे। बोर्नमाउथबाट ६५ मिलियन पाउण्डमा सिटी आएका सेमेन्योले क्लबमा आबद्ध भएको एक हप्ता नबित्दै आफ्नो प्रभाव जमाएका छन्।
यसअघि डेब्यु खेलमै एक्सटर सिटीविरुद्ध गोल र असिस्ट गरेका उनले न्युक्यासलविरुद्ध पनि सुरुवाती गोल गर्दै टोलीलाई अग्रता दिलाए। जेरेमी डोकूको क्रसलाई बर्नार्डो सिल्भाले पास मिलाइदिएपछि सेमेन्योले पोस्टको नजिकैबाट गोल गरेका थिए।
प्रतियोगिताको नियम परिवर्तन भएका कारण यसअघि बोर्नमाउथबाट खेलिसकेका सेमेन्योले सिटीका लागि खेल्न पाएका हुन्, जसलाई न्युक्यासलका प्रशिक्षक एडी हावेले खेलपछि निराशाजनक पक्षका रूपमा उल्लेख गरे।
खेलको इन्जुरी समयमा सब्सिच्युट खेलाडी रायन चेर्कीले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे। गोलरहित बराबरीको अवस्थामा न्युक्यासलले गोल गर्ने केही सुन्दर अवसर गुमाएको थियो।
योआने विसाको हेडर क्रसबारमा ठोकिएको थियो भने कप्तान ब्रुनो गुइमारेसको प्रहार पनि बारमै लागेर फर्कियो। विसाले खेलको सुरुवातमै गोल गर्ने सुनौलो मौका पाए पनि बललाई पोस्टको दिशा दिन सकेनन्।
आठ पटकको विजेता म्यानचेस्टर सिटीले अब फेब्रुअरी ४ मा हुने दोस्रो लेगका लागि इतिहाद स्टेडियममा न्युक्यासलको स्वागत गर्नेछ। घरेलु मैदानमा दुई गोलको अग्रतासहित मैदान उत्रिने सिटीका लागि फाइनल पुग्ने बाटो सहज देखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण