बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

कारागारबाट भागेका लागुऔषध मुद्दाका कैदी पक्राउ

बुधबार, ३० पुस २०८२, १५ : १८
बुधबार, ३० पुस २०८२

काठमाडौँ । सिन्धुली कारागारबाट भागेका एकजना कैदीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुधौली नगरपालिका वडा नम्बर ४ सिन्धुली घर भएका ३७ वर्षीय लाल बाबु अधिकारी छन् । 

लागुऔषध खैरो हेरोइन मुद्दामा पुर्पक्षमा रहेका उनी कारागारबाट भागेका थिए । उनलाई इलाका प्रहरी कार्यालय डकाहाबाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी सुर्य प्रकाश सुवेदीले रातोपाटीलाई बताए । 

बुधवार उनलाई पक्राउ गरेर गरेर प्रहरीले कारागार पठाउने तयारी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप