राष्ट्रिय लिग फुटबल : चर्च ब्वाइज र भगवतीबिचको खेल बराबरीमा
काठमाडौँ, ३० पुसः आजदेखि सुरु भएको राष्ट्रिय लिग फुटबल प्रतियोगितामा सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले श्री भगवती क्लबसँग बराबरी खेल्दै अङ्क बाँडेको छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालय मैदानमा आज भएको खेलमा चर्च ब्वाइज र श्री भगवती क्लबबीचको खेलमा १–१ गोल भएको हो ।
खेलमा सुरुआती अग्रता भने भगवतीले लियो । भगवतीका लागि हरिहर बूढामगरले गोल गरे । उनले खेलको पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै टोलीलाई पहिलो अग्रता लिए । त्यसपछि खेलको ६५औँ मिनेटमा यता चर्च ब्वइजका कप्तान एरिक विष्टले गोल गर्दै खेललाई एक÷एक गोलको बराबरीमा ल्याए । त्यसपछि खेलमा गोल हुन सकेन । यससँगै दुवै टोलीले समान एक÷एक अङ्क बाँडेका छन् ।
सोही मैदानमा आजै भएको अर्को खेलमा फ्रेन्ड्स क्लबले काँक्रे विहार क्लबमाथि ३–१ गोलको जित निकाल्दै विजयी भयो । उक्त प्रतियोगितामा भोलि दुई खेल हुनेछ । पहिलो खेलमा सातदोबाटो युवा क्लबले सङ्कटा एफसीसँग खेल्नेछ । उक्त खेल बिहान ११ बजे हुनेछ । त्यस्तै दिउँसो ३ बजे हुने अर्को खेलमा लालीगुराँस एशोसिएसनले जावलाखेल युवा क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
---
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डेन्टल क्लिनिकमा अवैध जनशक्तिको बिगबिगी, छानबिन गरी खारेज गर्न एशोसिएशनको माग
-
प्रेमीसँग मिलेर हुनेवाला पतिको हत्या आरोप
-
१ अर्ब ८७ करोडको बजेट ल्याउँदै जितपुर सिमरा उपमहानगर
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण