मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

भिरबाट लडेर एक जनाको मृत्यु

बिहीबार, ०१ माघ २०८२, १४ : ५८
बिहीबार, ०१ माघ २०८२

दार्चुला । दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

बुधबार महाकाली नगरपालिका–२ दल्लेख धार क्षेत्रमा स्थानीय ४० वर्षीय राम सिंह डोबाल र ३६ वर्षीय पदम साहु भिरबाट लडेर घाइते भएका थिए ।

घाइते अवस्थामा उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला ल्याइएकोमा उपचारकै क्रममा डोबालको मृत्यु भएको अस्पतालले जनाएको छ । 

घाइते साहुको अस्पतालमा उपचार भइरहेको छ । घटनाका सम्बन्धमा प्रहरीले  आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप