केएमसी बास्केटबल : मार्वलस र बाल दीक्षा सदन सेमिफाइनलमा
सारांश
- केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा मार्वलस र बाल दीक्षा सदन प्रवेश गरे।
- गोल्डेनपिकले माइलस्टोनलाई हरायो, र अब मार्वलससँग सेमिफाइनल खेल्नेछ।
- जुनियर ब्वाइजतर्फ ग्रिनफिल्ड, गोल्डेनपिक, ग्रिन लन्स र इडेन ब्रिज एकेडेमी सेमिफाइनलमा पुगे।
काठमाडौँ । पाँचौँ केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ मार्वलस र बाल दीक्षा सदन सेमिफाइनलमा प्रवेश गरेका छन्। बिहीबार भएको खेलमा मार्वलसले आयोजक केएमसी ‘बी’ लाई ५१–३५ को अन्तरले पराजित गर्यो। मार्वलसको जितका लागि सिनेप शाहीले १६ अंकको योगदान दिए। अर्को खेलमा बाल दीक्षाले सेवा सदनलाई ३८–२८ ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गर्यो, जसमा अर्नव महर्जनले १३ अंक जोडे।
सिनियर ब्वाइजतर्फकै अर्को प्रतिस्पर्धामा गोल्डेनपिकले माइलस्टोनलाई ४८–३७ ले पाखा लगायो। गोल्डेनपिकका विजय तामाङले सर्वाधिक १९ स्कोर गरे। अब सेमिफाइनलमा गोल्डेनपिकको भेट मार्वलससँग हुनेछ। बाल दीक्षाको प्रतिद्वन्द्वी भने शुक्रबार हुने भीएस निकेतन र काठमाडौं जेभियर्स पब्लिकबीचको अन्तिम क्वाटरफाइनल खेलबाट टुंगो लाग्नेछ।
जुनियर ब्वाइजतर्फ ग्रिनफिल्ड, गोल्डेनपिक, ग्रिन लन्स र इडेन ब्रिज एकेडेमी (इबीए) ले आ–आफ्नो खेल जित्दै सेमिफाइनलको यात्रा तय गरेका छन्। ग्रिनफिल्डले सनसाइनलाई १९–१५, गोल्डेनपिकले मानाङ्क चिल्ड्रेनलाई २२–१६, ग्रिन लन्सले हिमालीलाई १३–८ र इबीएले गोल्डेन फ्लावरलाई ३२–१९ ले पराजित गरे। सेमिफाइनलमा अब ग्रिन लन्सले ग्रिनफिल्डसँग तथा इबीएले गोल्डेनपिकसँग प्रतिस्पर्धा गर्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातो किताब अध्ययन गर्न समय नपुगेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
-
गाउँमै सम्भावना खोज्दै बर्दियाका महिला
-
चन्द्रागिरिमा रेबिजका कारण एक पुरुषको मृत्यु
-
बागमतीको बजेटः आफ्नै मापदण्ड लत्याउँदै टुक्रे योजनाको ओइरो
-
विकल्प नदिई सडकपेटीबाट हटाएको भन्दै दृष्टिविहीनहरू आन्दोलित
-
भक्तपुरसहित देशका विभिन्न स्थानमा चारजना मृत भेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण