गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा
अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा शान्ति परिषद् गठन गर्ने घोषणा गरेका छन् । सामाजिक सञ्जाल ट्रुथमा ट्रम्पले परिषद्को गठन भएको घोषणा भएकाे जानकारी दिएका हुन् ।
जुन प्यालीष्टिनी क्षेत्रमा युद्ध अन्त्य गर्ने उद्देश्यले अमेरिकी योजनामा उल्लेखित निकाय हो ।
ट्रम्पले परिषद्को गठन भएको घोषणा गर्नु ठूलो सम्मानको कुरा भएको उल्लेख गर्दै यसका सदस्यहरूको सूची चाँडै सार्वजनिक हुने बताएका छन् । उनले परिषद्लाई सबैभन्दा ठूलो र सबैभन्दा प्रतिष्ठित परिषद्को रूपमा वर्णनसमेत गरेका छन् ।
शान्ति परिषद्को प्रमुखको हैसियतमा उनले नयाँ नियुक्त प्यालेस्टिनी प्राविधिक समिति र संक्रमणकालीन अवधिमा गाजाको प्रशासन हेर्ने राष्ट्रिय समितिलाई समर्थन गरेको बताउदै प्यालेस्टिनी नेताहरू शान्तिपूर्ण भविष्यका लागि दृढ प्रतिबद्ध रहेको जनाएका छन् ।
युद्धपछिको अवधिमा गाजाको व्यवस्थापन गर्न १५ सदस्यीय प्यालेस्टिनी प्राविधिक समिति गठन भएको केही समय पछि यो घोषणा आएको हो । अमेरिका समर्थित गाजा शान्ति योजना गत अक्टोबर– १० देखि लागू भएको थियो भने यस क्षेत्रमा अन्तर्राष्ट्रिय बलको तैनाथीका साथै प्यालेस्टिनी प्रहरी एकाइहरूको प्रशिक्षणको प्रावधान समावेश छ ।
अमेरिकी मध्यपूर्वका दूत स्टिभ विटकोफका अनुसार बुधबारदेखि लागू भएको योजनाको दोस्रो चरण गाजा पट्टीको पुनर्निर्माणमा केन्द्रित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ : एम्बाप्पे चम्किँदा स्वीडेनमाथि फ्रान्सको सानदार जित
-
गण्डकीमा गौरवका आयोजना निर्माणमा ढिलाइ
-
बागलुङमा कुकुरलाई ‘होस्टेल’
-
पहिलो हाफ सकिँदा कमजोर देखियो स्वीडेन, एम्बाप्पेले गरे गोल
-
प्रत्येक ७२ मिनेटमा एक गोल, ६० गोलको नयाँ कीर्तिमान
-
बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण