चीनको व्यावसायिक रकेट कार्यक्रम अगाडि बढ्दै
बेइजिङ । चीनको रकेट ‘लङ मार्च–१२ बी’ ले शुक्रबार दिउँसो परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ । यो परीक्षणलाई आगामी उडान मिसनहरूतर्फको महत्वपूर्ण चरणका रूपमा हेरिएको रकेट विकासकर्ताले जनाएको छ।
उत्तरपश्चिम चीनस्थित डोङफङ व्यावसायिक अन्तरिक्ष नवप्रवर्तन पाइलट क्षेत्रमा सम्पन्न यस परीक्षणले रकेट प्रणालीको कार्यक्षमता र स्थायित्व प्रमाणित गरेको छ । चाइना एयरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेसनअन्तर्गतको व्यावसायिक रकेट निर्माण कम्पनीद्वारा विकसित ‘लङ मार्च–१२ बी’ नयाँ पुस्ताको पुनःप्रयोगयोग्य रकेट हो ।
यो रकेट विशेष गरी व्यावसायिक न्यून–पृथ्वी कक्ष (लो अर्थ अर्बिट) का उपग्रह समूह तैनाथ गर्न डिजाइन गरिएको हो । यस रकेटमा पृथ्वीनजिकको कक्षमा २० टनसम्म पेलोड बोक्ने क्षमता रहेको छ।
कम्पनीका अनुसार फायरिङ परीक्षणले रकेटको डिजाइनको सम्भाव्यता र विश्वसनीयता पूर्ण रूपमा पुष्टि गरेको छ, जसले आगामी उडान परीक्षणका लागि बलियो आधार तयार गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण