शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

म्याग्दीमा नेकपाबाट अर्जुन थापा उम्मेदवार

आइतबार, ०४ माघ २०८२, १३ : १८
आइतबार, ०४ माघ २०८२

सारांश

  • नेकपाले म्याग्दीबाट अर्जुन थापालाई प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि उम्मेदवार बनाएको छ।
  • थापा धवलागिरी गाउँपालिका-७, धारापानीका बासिन्दा हुन् र उनी सामाजिक अभियन्ता पनि हुन्।
  • उनी १० हजारभन्दा बढी बिरामीलाई रगत उपलब्ध गराउने समूहको नेतृत्व गर्छन्।

पोखरा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीबाट अर्जुन थापालाई उम्मेदवार बनाएको छ । ४२ वर्षीय थापा धवलागिरी गाउँपालिका–७, धारापानी निवासी हुन् ।

उनी १० हजारभन्दा बढी बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने स्वतन्त्र रक्तदाता समूहका नेतृत्वकर्ता तथा सामाजिक अभियन्ता समेत हुन् । अघिल्लो चुनावमा काँग्रेससँग मिलेको माओवादीले प्रदेशमा २ सिट जितेको थियो भने प्रतिनिधि सभामा काँग्रेसलाई सघाएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप