गोरखा–२ बाट चुनाव लड्ने बाबुरामको घोषणा
आइतबार, ०४ माघ २०८२, २० : ०२
काठमाडौँ । लोकतान्त्रिक प्रगतिशील पार्टीका संरक्षक डा.बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने घोषणा गरेका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले यस्तो बताएका हुन् । चुनाव चिह्न खुलेको आँखा लिएर उम्मेदवारी दिने निर्णय गरिएको उनले बताए ।
देशको अन्योलपूर्ण राजनीतिक अवस्थाले सिर्जना गरेको राष्ट्रिय दायित्वबोधलाई ध्यान दिँदै आगामी आम निर्वाचनमा गोरखा–२ बाट उम्मेदवारी दिने निर्णयमा पुगेको उनले बताए । सबैबाट सहयोग र सद्भावको अपेक्षा गरेको समेत उनले बताए ।
आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण