टिकट वितरणमा असन्तुष्टि: जाजरकोटमा एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्षले त्यागे पार्टी
सारांश
- एमालेले फागुन २१ गते हुने उपनिर्वाचनका लागि जाजरकोटबाट डम्बर बहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय गर्यो।
- स्थानीय नेता तथा कार्यकर्ताले नीरज आचार्यलाई टिकट दिनुपर्ने माग गरे पनि सिंहलाई उम्मेदवार बनाइएपछि असन्तुष्टि बढ्यो।
- जुनीचाँदे गाउँपालिकाका अध्यक्ष बेद बहादुर शाहीले पार्टी परित्याग गर्दै पार्टीमा अधिनायकवाद र नातावाद हाबी भएको आरोप लगाए।
सुर्खेत । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जाजरकोटबाट डम्बर बहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेसँगै पार्टीभित्र तीव्र असन्तुष्टि देखिएको छ ।
शनिबार पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले सिंहको नाम टुङ्ग्याएको थियो ।
जाजरकोटका स्थानीय नेता तथा कार्यकर्ताले युवा नेता नीरज आचार्यलाई टिकट दिनुपर्ने माग गर्दै आएका थिए । आचार्यको पक्षमा जनमत हुँदाहुँदै उनलाई पन्छाएर सिंहलाई उम्मेदवार बनाइएपछि असन्तुष्टि चुलिएको हो ।
यही असन्तुष्टिकाबिच जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष बेद बहादुर शाहीले पार्टी परित्यागको घोषणा गरेका छन् ।
०७९ को स्थानीय निर्वाचनमा एमालेबाट निर्वाचित भएका शाहीले सामाजिक सञ्जाल फेसबुकमार्फत आजैका मितिदेखि पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको जानकारी गराएका हुन् ।
आफ्नो घोषणामा शाहीले पार्टीभित्र अधिनायकवाद लादिएको, नातावाद र कृपावाद हाबी भएको बताएका छन् । ‘इतिहास बोकेका र जनआधार भएका नेता–कार्यकर्तालाई नियोजित रूपमा पन्छाउन खोजिएको छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण