बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

स्याङ्जामा कांग्रेसका दुई ‘हेभीवेट’ नेता चुनावी रेसबाट बाहिरिए

सोमबार, ०५ माघ २०८२, ०९ : ३८
सोमबार, ०५ माघ २०८२

सारांश

  • स्याङ्जाका दुई प्रभावशाली कांग्रेस नेताहरू राजु थापा र मेखलाल श्रेष्ठले आगामी निर्वाचन नलड्ने घोषणा गरेका छन्।
  • राजु थापाले नयाँ पुस्तालाई अवसर दिनुपर्ने भन्दै आफू उम्मेदवार नबन्ने बताएका छन्।
  • मेखलाल श्रेष्ठले बदलिँदो परिवेश र जेन्जी आन्दोलनको भावनालाई कदर गर्दै चुनाव नलड्ने निर्णय गरे।

पोखरा । नेपाली कांग्रेस स्याङ्जाका दुई प्रभावशाली नेताले आगामी निर्वाचन नलड्ने घोषणा गरेका छन्। जिल्ला सभापति तथा निवर्तमान सांसद राजु थापा र पूर्वमन्त्री मेखलाल श्रेष्ठले फागुन २१ गते हुने आम निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेका हुन्।

प्रतिनिधि सभाको निर्वाचनका लागि दलहरूभित्र उम्मेदवार छनौटको रस्साकस्सी चलिरहेका बेला थापाले आफू पछि हट्ने बताएका छन्। समयको परिवर्तनसँगै अब नयाँ पुस्तालाई अवसर दिनुपर्ने भन्दै उनले आफू उम्मेदवार नबन्ने घोषणा गरेका हुन्। थापा यसअघि स्याङ्जा निर्वाचन क्षेत्रबाट दुई पटक विजयी भएका थिए भने एक पटक पराजित भएका थिए।

यस्तै, पूर्वमन्त्री तथा कांग्रेस गण्डकी प्रदेश कार्यसमितिका उपसभापति मेखलाल श्रेष्ठले पनि यो पटक चुनावी मैदानमा नउत्रिने बताएका छन्। उनले बदलिँदो परिवेश, मुलुकको विषम परिस्थिति र गत भदौ २३ र २४ गते भएको ‘जेन्जी आन्दोलन’ को भावनालाई कदर गर्दै उम्मेदवार नबन्ने निर्णय गरेको प्रष्ट पारे। श्रेष्ठ यसअघि समानुपातिक तर्फबाट गण्डकी प्रदेश सभा सदस्य हुँदै मन्त्रीसमेत बनेका थिए।

कांग्रेसले अहिलेसम्म उम्मेदवारको औपचारिक टुंगो लगाइसकेको छैन।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप