रास्वपाबाट चुनाव लड्न कार्यकारी निर्देशक गजुरेलले दिए राजीनामा
सोमबार, ०५ माघ २०८२, १२ : ५६
सारांश
- नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले राजीनामा दिएका छन्।
- गजुरेलले आगामी निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्न राजीनामा दिएका हुन्।
- उनले सिन्धुली क्षेत्र नम्बर २ बाट चुनाव लड्ने तयारी गरेका छन्।
काठमाडौँ । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले राजीनामा दिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा चुनाव लड्नको लागि कार्यकारी निर्देशकबाट राजीनामा दिएका हुन् ।
गजुरेल राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचनमा उम्मेदवारको लागि टिकट लिएका छन् । उनले रास्वपाबाट सिन्धुली क्षेत्र नम्बर २ बाट चुनाव लड्ने तयारी गरेका छन् ।
सरकारले २०८१ कात्तिकमा उनलाई दोस्रो कार्यकालको लागि समितिको कार्यकारी निर्देशकमा पुनः नियुक्त गरेको थियो । सरकारले पाँच वर्षका लागि पुनः नियुक्ति गरेको एक वर्ष पछि पदबाट राजीनामा दिएर रास्वपाबाट निर्वाचन लड्ने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा बढ्दै जहाज आवागमन
-
‘लुम्बिनी लोक तारा’मा प्रथम भए समीर पुन
-
बन्दसत्रमा विलम्ब भएपछि बरालिँदै रास्वपा नेता कार्यकर्ता (तस्बिरहरू)
-
३ नम्बरको जर्सीसहित भारतीय क्रिकेट टोलीमा वैभवको इन्ट्री
-
रास्वपाको केन्द्रीय सदस्यमा प्रकाशचन्द्र परियारको उम्मेदवारी
-
एआई अपनाएसँगै ओरेकलद्वारा २१ हजार कर्मचारी कटौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण