वामपन्थी नेता तथा पूर्वराज्यमन्त्री गोविन्दनाथ उप्रेतीको निधन
काभ्रेपलाञ्चोक । पूर्वराज्यमन्त्री एवं पाका वामपन्थी नेता गोविन्दनाथ उप्रेतीको ८२ वर्षको उमेरमा आज निधन भएको छ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित आफ्नै निवासमा आज बिहान ३ बजे उनको निधन भएको हो । लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित उप्रेतीको रेखदेख कोरोना कालमा पत्नीको निधन भएपछि भतिजा विष्णुबहादुरले गर्दै आएका थिए ।
मध्यपूर्वी क्षेत्रको वामपन्थी आन्दोलनमा 'रातो बाघ' उपनामले चिनिने उप्रेती तत्कालीन समयमा सांसद हुँदै श्रम राज्यमन्त्री बनेका थिए । राजनीतिक यात्राका क्रममा उनी नेकपा (माले) बाट एमाले, त्यसपछि पुनः माले हुँदै पछिल्ला वर्षहरूमा नेकपा (माओवादी केन्द्र) मा आबद्ध रहेर सक्रिय थिए । काभ्रेपलाञ्चोक र विशेष गरी कोशीपूर्वको क्षेत्रको विकास निर्माणमा उनको योगदान अतुलनीय मानिन्छ ।
वडाध्यक्ष मोतीलाल तामाङका अनुसार उप्रेतीको पार्थिव शरीरमा आज श्रद्धाञ्जली अर्पण गरिने र आफन्तहरू जम्मा भएपछि दिउँसो दोलालघाटमा दाहसंस्कार गरिने कार्यक्रम छ । उनको निधनले काभ्रेको राजनीतिक र सामाजिक क्षेत्रमा अपूरणीय क्षति पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण कोरियाविरुद्ध दक्षिण अफ्रिकाको अग्रता, मसेकोको गोलले खेलमा रोमाञ्चक मोड
-
मेक्सिकोको दोस्रो प्रहार, चेक गणतन्त्र २–० ले पछि
-
चेक गणतन्त्रविरुद्ध मेक्सिकोको अग्रता, चाभेजको गोल
-
फिफाद्वारा एन्फा निलम्बित
-
रोनाल्डो र मेस्सीले अझै तोड्न नसकेको त्यो कीर्तिमान
-
डिभिजन वन कार्यालय रौतहटका प्रमुखको सरुवा कार्यान्वयन गर्न चुरे अभियानको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण