फिफा विश्वकप २०२६
दक्षिण कोरियाविरुद्ध दक्षिण अफ्रिकाको अग्रता, मसेकोको गोलले खेलमा रोमाञ्चक मोड
बिहीबार, ११ असार २०८३, ०८ : १३
सारांश
- फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'ए' को खेलमा दक्षिण अफ्रिकाले दक्षिण कोरियाविरुद्ध १-० को अग्रता लिएको छ।
- दक्षिण अफ्रिकाका लागि थापेलो मसेकोले ६३औँ मिनेटमा गोल गरेका हुन्।
- यही नतिजा कायम रहे दक्षिण अफ्रिकाको नकआउट चरण प्रवेशको सम्भावना बलियो बन्नेछ।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को निर्णायक खेलमा दक्षिण अफ्रिकाले दक्षिण कोरियाविरुद्ध १–० को अग्रता बनाएको छ।
एस्टाडियो मोन्टेरेमा जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर दोस्रो हाफमा दक्षिण अफ्रिकाले अग्रता लिन सफल भएको हो।
६३औँ मिनेटमा थापेलो मसेकोले गोल गर्दै दक्षिण अफ्रिकालाई खेलमा १–० ले अघि बढाए। टेबोहो मोरेमीको पासमा मसेकोले उत्कृष्ट फिनिस गर्दै दक्षिण कोरियाको जाली चुमाएका थिए।
नकआउट चरण प्रवेशको सम्भावना कायम राख्न जित आवश्यक रहेको दक्षिण अफ्रिकाका लागि यो गोल निकै महत्वपूर्ण बनेको छ। यता दक्षिण कोरिया भने बराबरी गोलको खोजीमा रहेको छ।
खेल ६५औँ मिनेटसम्म पुग्दा दक्षिण अफ्रिका १–० ले अगाडि रहेको छ। यही नतिजा कायम रहे दक्षिण अफ्रिकाको अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बन्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग प्रभावित, तीन स्थानमा पूर्ण अवरोध
-
दीर्घकालीन कर्जामा ब्याज पुँजीकरणको बाटो खुल्यो, आम्दानी नै नभई ब्याज तिर्नुपर्ने व्यवस्था अन्त्य
-
काभ्रेका १३ पालिकाले ल्याए बजेट, कसको कति ?
-
मेक्सिको र दक्षिण अफ्रिकाको जित, समूह ‘ए’ बाट नकआउट चरणमा प्रवेश
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
जतिबेला पनि निद्रा लागिरहन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण