उम्मेदवार चयनमा सहमति गर्न कांग्रेसका तीन गुट निरन्तर वार्तामा, देउवा समूहले फेर्यो वार्ताकार
सारांश
- प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसका उम्मेदवार चयन गर्न विभिन्न गुटहरूबीच निरन्तर छलफल भइरहेको छ।
- सहमति जुटाउन नसक्दा संसदीय बोर्डको बैठक बस्न सकेको छैन, र नेताहरू टिकट मिलान र विवाद समाधानबारे वार्तामा छन्।
- मंगलबार मनोनयन दर्ता गर्नुपर्ने भएकाले आजै टिकट टुंगो लगाउन नेताहरूबीच तीव्र वार्ता चलिरहेको छ।
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार तय गर्न पार्टीभित्रका तीन गुटको बैठक निरन्तर जारी छ ।
आइतबार राति अबेरबाट सुरु गरिएको गुटगत छलफलमा सहमति नजुट्दा सोमबार बिहान ११ बजेका लागि बोलाइएको संसदीय बोर्डको बैठक अहिलेसम्म बस्न सकेको छैन ।
आइतबार राति देउवा पक्षबाट नेता रमेश लेखक, डा. शेखर कोइराला समूहबाट डा. मिनेन्द्र रिजाल र विशेष महाधिवेशनबाट स्थापित नेतृत्वको पक्षबाट प्रवक्ता देवराज चालिसे र केन्द्रीय सदस्य मधु आचार्यले छलफल गरेका छन् ।
सोमबार बिहान भने देउवा पक्षले आफ्नो तर्फका वार्ताकार परिवर्तन गरेको छ । निवर्तमान सभापति शेरबहादुर देउवाले लेखकलाई हटाएर बालकृष्ण खाणलाई वार्ताका लागि पठाएका छन् भने अरू वार्ताकार सबै उनै छन् ।
सहमहामन्त्री उदय शमशेर राणाले सहमति जुटाउन वार्ता भइरहेकाले संसदीय बोर्ड बैठक अहिलेसम्म बस्न नसकेको जानकारी दिए । ‘सहमतिका लागि नेताहरू वार्ता गरिरहनु भएको छ,’ सहमहामन्त्री राणाले रातोपाटीसँग भने, ‘बोर्ड बैठक अहिलेसम्म बसेको छैन । सहमति गरेर बस्ने भनिएको छ ।’
अर्का नेता डा. रिजालले पनि सहमतिका लागि प्रयास भइरहेको जानकारी दिए । के विषयमा सहमति हुने भन्ने विषयमा अहिले नै भन्न नसकिने उनले बताए ।
गएराति धुम्बाराहीस्थित एक होटलमा छलफल भएको थियो । आज भने स्थान फेरेर नेताहरूले छलफल गरिरहेका छन् ।
राति सभापति गगन थापासँग पनि नेताहरू लेखक र डा. रिजालले कुराकानी गरेका थिए । आज पनि सभापति थापासँगको समन्वयमा वार्ता भइरहेको नेताहरू बताउँछन् ।
तत्कालीन महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माको अगुवाइमा पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनलाई शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहले इन्कार गरेको थियो । त्यो विशेष महाधिवेशनको पक्षमा र विपक्षमा दुई समूह निर्वाचन आयोगमा पुगेका थिए । आयोगले विशेष महाधिवेशन गरेर सभापति बनेका थापाको समूहलाई आधिकारिकता दिएपछि निवर्तमान संस्थापन सर्वोच्च अदालतमा गएको छ ।
नेपाली कांग्रेसले आसन्न निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार टुङ्गो लगाउन बाँकी छ । समानुपातिकतर्फको उम्मेदवार निवर्तमान सभापति देउवाकै हस्ताक्षरमा टुङ्गो लगाए पनि प्रत्यक्षतर्फको उम्मेदवार चयन हुन बाँकी छ । सभापति थापाले सबै पक्षलाई समेटेर उम्मेदवार चयन गर्ने बताए पनि सहमतिको खाका तयार हुन बाँकी छ ।
मंगलबार मनोनयन दर्ता गर्नुपर्ने भएकोले आजै टिकटको टुङ्गो लगाउन नेताहरू निरन्तर वार्तामा रहेका हुन् । सहमहामन्त्री राणाले वार्ता अझै निष्कर्षमा पुग्न नसकेको बताए । वार्तामा टिकट मिलान र विवाद साम्य पार्ने विषयमा छलफल भइरहेको नेताहरूले बताएका छन् ।
स्रोतका अनुसार छलफलमा निवर्तमान सांसदलाई टिकट दिन गगन समूह तयार भएको छ । अरू विषयमा छलफल भइरहेको बताए पनि के–के विषयमा छलफल भइरहेको हो भन्ने नेताहरूले बताउन चाहेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार एमालेप्रति पूर्वाग्रही बन्यो : भट्ट
-
तीन दिन कोशी, बागमती र गण्डकीका स-साना नदीमा बहाव बढ्ने
-
पाकिस्तानकी चर्चित मानवअधिकार अभियन्ता महरंग बलोचलाई आजीवन कारावास
-
वैदेशिक रोजगार : सरकारी नीतिकै मार, श्रमिकमाथि थपिँदो आर्थिक भार
-
बुधबार कुन सहरको मौसम कस्तो ?
-
मुन्योसको गोलमा कङ्गोविरुद्ध कोलम्बियाको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण