शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

आशिका तामाङलाई टिकट दिएपछि रास्वपा कार्यालयमा लफडा

सोमबार, ०५ माघ २०८२, १४ : ४०
सोमबार, ०५ माघ २०८२

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धादिङ क्षेत्र नम्बर १ मा आशिका तामाङलाई उम्मेदवार बनाउने निर्णय गर्यो।
  • टिकट वितरणमा असन्तुष्टि जनाउँदै अन्य आकांक्षीहरूले विरोध गरे, र केहीले राजीनामाको धम्की दिए।
  • पार्टी कार्यालयमा लफडा उत्पन्न भयो किनभने अन्य नेताहरू पनि टिकटको आशामा थिए।

काठमाडौँ । आशिका तामाङलाई टिकट दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यालयमा लफडा भएको छ । सोमबार रास्वपाले धादिङ क्षेत्र नम्बर १ को उम्मेदवारको रूपमा आशिकालाई अघि बढाउने निर्णय गरेको थियो । 

उक्त क्षेत्रमा श्रवण त्रिपाठी, रामकुमार ढुङ्गाना, ध्रुव रेग्मी, रामकुमार थपलिया लगायत आकाङ्क्षी थिए । उनीहरूबिच प्रतिस्पर्धा भइरहेको अवस्थामा एक्कासि तामाङलाई टिकट दिने निर्णयसँगै असन्तुष्टि चुलिएको थियो । 

केही कार्यकर्ताले तामाङलाई नबोक्ने भन्दै ठाडो चुनौती दिँदै सङ्गठनबाट राजीनामा दिने धम्की दिएका छन् ।

भिडियो : समु घिमिरे (सामाजिक सञ्जाल)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप