राजनीति
डा. तारा जोशीले दिए प्रदेशसभा सदस्यबाट राजीनामा
सोमबार, ०५ माघ २०८२, १५ : २०
कैलाली । सुदूरपश्चिम प्रदेशसभा सदस्य डा. तारा जोशीले प्रदेशसभा सदस्यबाट राजीनामा दिएका छन् ।
डडेल्धुरा प्रदेशसभा (ख) बाट स्वतन्त्र उम्मेदवार बनेर प्रदेशसभामा विजयी भएका डा. जोशीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डडेल्धुराबाट प्रतिनिधिसभाको उम्मेदवार बनाएपछि उनले राजीनामा दिएका हुन् ।
प्रदेशसभा सदस्य रहँदै प्रतिनिधिसभाको उम्मेदवार बन्ने भएपछि उनले आइतबार इमेलमार्फत राजीनामा दिएको सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारीले जानकारी दिए।
पछिल्लो समय उज्यालो नेपाल पार्टीमा जोडिएका डा. जोशी रास्वपासँगको एकता टुटेपछि पनि एकताको पक्षमा उभिँदै रास्वपामै रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोटेश्वर र जडीबुटीमा यात्रु तान्ने र झोला खोस्ने काउन्टर कर्मचारी तथा चालक पक्राउ
-
विरोधका निम्ति होइन, परिणामका निम्ति प्रतिपक्षमा छौँ : भीष्मराज आङ्देम्बे
-
रास्वपाको बन्दसत्र ढिलाइ भएपछि हलभित्र एसीमा आराम गर्दै प्रतिनिधि, तस्बिरहरू
-
बलिउड अभिनेता पंकज त्रिपाठीका दाइमाथि घातक हमला
-
४८ करोडको नाङ्गेडाडा बृहत पम्पिङ खानेपानी आयोजना उद्घाटनमै सीमित
-
आयात, निर्यात बढ्दा पनि देशको व्यापार घाटा १६ खर्ब १६ अर्ब नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण