अपडेट
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
सोमबार, ०५ माघ २०८२, १६ : ४२
१
सारांश
- दुर्गा प्रसाईंलाई पोखरामा कार्यक्रममा सहभागी भएकै बेला प्रहरीले पक्राउ गरेको छ।
- काठमाडौँबाट पक्राउ अनुमति आएपछि प्रसाईंलाई पक्राउ गरिएको कास्कीका प्रहरी प्रवक्ताले बताए।
- प्रसाईंलाई पोखराबाट काठमाडौँ पठाउने तयारी भइरहेको छ।
पोखरा । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन् । उनी पोखरामा कार्यक्रममा सहभागी भएकै अवस्थामा पक्राउ गरेका हुन् ।
कास्कीका प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले उनी पक्राउ परेको पुष्टि गरे । ‘काठमाडौँबाट पक्राउ अनुमति आएको छ । सोही अनुसार हामीले कार्यान्वयन गरेका हौँ,’ उनले भने ।
पक्राउ परेका प्रसाईंलाई काठमाडौँ पठाउने तयारी भइरहेको छ । नेपाली कांग्रेसको विवादमा प्रसाईंले निर्वाचन आयोगले करोडौँ रुपैयाँ लिएर गगन थापा पक्षलाई आधिकारिकता दिएको आरोप लगाएका थिए ।
प्रसाईंको यो अभिव्यक्तिपछि आयोगले प्रसाईंविरुद्ध प्रहरीमा उजुरी दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
आईटी आर्मीको केन्द्रीय कमिटी पुनर्गठन, अध्यक्षमा नरेश तुराहा
-
बजेटमा कमजोरी भएको भन्दै कर्णालीमा प्रतिपक्षद्वारा संसद् अवरुद्ध
-
अर्यालसहित सात जनाको बयान पूरा भएसँगै थुनछेक बहस सुरु
-
अफ्रिकी समाजवाद: आफ्नै मौलिक बाटो खोज्ने प्रयास
-
पासपोर्ट छपाई प्रकरण : थुनछेक बहस सुरु
-
रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण