राजनीति
ईश्वर पोखरेललाई एमालेले बनायो काठमाडौँ– ५ को उम्मेदवार
सोमबार, ०५ माघ २०८२, १७ : ३६
सारांश
- नेकपा एमालेका नेता ईश्वर पोखरेल काठमाडौँ-५ बाट निर्वाचन लड्ने भएका छन्।
- अन्तिम समयमा केपी शर्मा ओलीले पोखरेललाई टिकट दिएका हुन्।
- यसअघि पोखरेललाई टिकट नदिएको भन्दै आलोचना भएको थियो।
काठमाडौँ । नेकपा एमालेका नेता ईश्वर पोखरेल काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ बाट निर्वाचन लड्ने भएका छन् । अन्तिम समयमा पोखरेललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकट दिएका हुन् ।
नेकपा एमाले काठमाडौँका अध्यक्ष दीपक निरौलाले नेता पोखरेलले मङ्गलवार २ मनोनयन दर्ता गर्ने जानकारी दिए । यसअघि पोखरेललाई अध्यक्ष ओलीले टिकट नदिएको भन्दै आलोचना भएको थियो ।
गत ११ औँ एमाले महाधिवेशनमा पोखरेलले ओलीसँग अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दुई दिनमा १२१ अङ्क वृद्धि
-
शिक्षा–स्वास्थ्यमा लगाइएको कर र प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन मकवानपुर कांग्रेसको माग
-
१८ वर्ष मुनिकालाई सदस्यता वितरणबारे रास्वपाले आयोगलाई पठायो जवाफ
-
लुम्बिनीका १०९ स्थानीय तहमध्ये डुडुवा मात्रै राष्ट्रिय भूमि आयोगको अन्तिम सूचनामा कसरी ?
-
प्रधानमन्त्री कार्यालयको स्वीकृतिबिना कर्मचारीको नयाँ दरबन्दी सृजना गर्न नपाइने
-
प्रधानमन्त्री र पुँजी बजार–बीमा क्षेत्रका सरोकारवालाबिचकाे छलफल सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण