संविधान संशोधन र सुधार गर्न गोरखा–२ बाट उम्मेदवारी दिएँ : बाबुराम भट्टराई
सारांश
- डा. बाबुराम भट्टराईले गोरखा २ बाट चुनाव लड्ने घोषणा गर्दै देशलाई भूराजनीतिको टक्करबाट जोगाउने बताए।
- उनले राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका लागि उम्मेदवारी दिएको उल्लेख गरे।
- भट्टराईले संविधान संशोधन र गोरखाको विकासका लागि भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले देशलाई बद्लिँदो भू–राजनीतिक परिस्थिति र अन्तर्राष्ट्रिय सामरिक टक्करबाट जोगाउन प्रतिनिधिसभा निर्वाचनमा गोरखा– २ बाट उम्मेदवारी दिएको बताएका छन् ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै भट्टराईले राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्ने कार्यमा योगदान गर्न उम्मेदवारी दिएको बताएका हुन् ।
प्रतिनिधिसभा निर्वाचनमा गोरखा–२ बाट उम्मेदवारी दिनुका ५ आधार सार्वजनिक गर्दै भट्टराईले जेनजी विद्रोहको पृष्ठभूमि र संविधानसभाबाट संविधान निर्माणको दश वर्ष पूरा भएको अवस्थामा संविधानमा आवश्यक संशोधन र सुधारको निम्ति प्रतिनिधिसभाबाट आवश्यक भूमिका निर्वाह गर्न पनि उम्मेदवारी दिएको स्पष्ट पारेका छन् ।
यस्ता छन् भट्टराईले उम्मेदवारी दिन सार्वजनिक गरेका ५ आधार :
१. बद्लिदो भू-राजनीतिक परिस्थिति र अन्तर्राष्ट्रिय सामरिक टक्करबाट जोगाएर राष्ट्रिय स्वाधीनता,सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्ने कार्यमा योगदान गर्न।
२. देशमा नयाँ र पुराना राजनीतिक दलहरूवीच र दलहरूभित्रको बढ्दो द्वन्द,असमझदारीले संघीय लोकतान्त्रिक गणतन्त्र नै संकटमा पर्नसक्ने स्थितिमा समन्वयकारी र अभिभावकीय भूमिका सहित लोकतन्त्रको रक्षामा योगदान गर्न।
३.जेन-जी विद्रोहको पृष्ठमूमि र संविधानसभाबाट संविधान निर्माणको दश बर्ष पूरा भएको अवस्थामा संविधानमा आवश्यक संशोधन र सुधारकोनिम्ति संविधानको एक प्रमुख निर्माणकर्ताको हैसियतले प्रतिनिधिसभाबाट आवश्यक भूमिका निर्वाह गर्न।
४.देशमा सुशासन र आर्थिक समृद्धि प्रमुख एजेण्डा बनेको वर्तमान अवस्थामा अर्थ-राजनीतिको ज्ञान र अनुभवको आधारमा देशको तीब्र आर्थिक-सामाजिक रूपान्तरणको मार्गचित्र तथा कार्ययोजना निर्माण र कार्यान्वयनमा नेतृत्वदायी भूमिका निर्वाह गर्न।
५. गोरखाको विकास-निर्माणमा विगतमा गरेका रूपान्तरणकारी कार्यको जगमा टेकेर भविष्यमा गोरखालाई देशको आधुनिक र समतामूलक आर्थिक विकासको मोडेल बनाउन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई सरकारी वकिल कार्यालय लगियो, तस्बिरहरू
-
काठमाडौंमै रेबिजले लियो ज्यान, अस्पतालमा भ्याक्सिनको चरम अभाव
-
व्यवस्थित सहरीकरण र बस्ती विकासमा बागमती सरकारको जोड
-
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन
-
जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
-
कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण