बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

एडिलेडलाई घन्काए पछि नेपथ्य सिड्नीतिर

आइतबार, ०१ साउन २०७४, १२ : ५३
आइतबार, ०१ साउन २०७४

एडिलेड – यसवर्ष अष्ट्रेलियामाजारी नेपथ्यको श्रृंखलावद्ध प्रस्तुती अन्तर्गत दोश्रो कन्सर्ट शनिबार एडिलेडको ‘नरउड कन्सर्ट हल’मा आयोजना भयो । 

स्तरिय वाइन र त्यसको निम्ति गरिएका फराकिलो अंगुर खेतीका फाँटहरुको निम्ति विश्वमै प्रसिद्ध बरोसा भ्यालीसँग नजिकै रहेको यो सहर दक्षिणवर्ती अष्ट्रेलियाली राज्य ‘साउथ अष्ट्रेलिया’को राजधानी पनि हो ।

सिड्नी र मेलबर्नको तुलनामा एडिलेडमा असाध्यै थोरै नेपालीहरुको बसोबास रहेको छ । यति हुँदा हुँदै पनि लगभग ३ हजार नेपालीको बसोबास रहेको यस सहरमा झण्डै तीस प्रतिशत नेपथ्यलाई हेर्न र सुन्न कन्सर्टमा सहभागी थिए । 


नेपथ्य सिड्नीको टाउन हलमा प्रस्तुत हुँदै गर्दा दर्शकहरु नाच्दै र झुम्दै गरेको देखियो । कार्यक्रमको प्रारम्भमै नेपथ्यको भर्खरै रिलिज भएको म्यूजिक भिडियो ‘घरको कुरा’ प्रस्तुत गरेको थियो । गीतको भावले दर्शकको मनलाई छोएको देखिन्थ्यो ।


कार्यक्रममा नेपथ्यले ‘शिरफूल’ देखि लिएर ‘यो जिन्दगानी’ सम्मका गीतले दशृक तताउने काम गर्यो । नेपथ्यले दर्शकलाई ‘हामी नेपाली’, ‘तिमी पनि नेपाली’ लगायतका गीत समेत पस्कियो । 


कार्यक्रममा अमृतले लोकगीतहरुको अर्को श्रृंखला थालनी गर्दै दशैकसँग गीत संकलनका आफ्ना अनुभव समेत साटे । 


रातको ठीक आठ बजे सुरु भएको कन्सर्ट दुइ घन्टासम्म चलेको थियो । अमृतलाई सँधैझै ड्रमसेटमा ध्रुवलामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविनशाक्य, गितारमानिरज गुरुङ र मादलमाशान्ति रायमाझीले सघाएका थिए ।


एडिलेडको कार्यक्रम सम्पन्न भएसँगै ब्याण्ड अब सिड्नीमा भब्य प्रस्तुतीका लागि न्यु साउथवेल्स राज्य तर्फ प्रस्थान गर्नेेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप