इलाम–१ मा राईले कांग्रेसबाट दर्ता गराए उम्मेदवारी
काठमाडौँ । इलाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका निस्कल राईले मनोनयन दर्ता गराएका छन् । सूर्योदय नगरपालिकाको भवन फिक्कलमा रहेको निर्वाचन कार्यालय पुगेर उनले मनोनयन दर्ता गराएका हुन् ।
मनोनयन दर्तापछि उनले भने पार्टीले दिएको जिम्मेवारी पूरा गर्दै जनताको सेवामा दृढ भएर लाग्ने राईले बताए ।
३५ वर्षिय राईले युवा अनुभवबाट पार्टीको प्रतिनिधित्व गर्दै इमालको आवाजलाई केन्द्रमा पुर्याउने पनि बताए ।
शंकरदेव क्याम्पस काठमाडौँबाट व्यवस्थापन सङ्कायमा स्नातकोत्तर पूरा गरी अर्थशास्त्रमा एमफिल अध्ययनरत राई हाल इलाम क्षेत्र १ को प्रदेश सभा निर्वाचन क्षेत्र (ख) का सभापति हुन् ।
राजनीतिसँगै उनी अध्यापन पेसामा पनि आबद्ध थिए । शंकरदेव क्याम्पस, काठमाडौँमै लामो समय अध्यापन गराएका राई विद्यालय जीवनदेखि नै विद्यार्थी राजनीतिमा सक्रिय रहँदै आएका छन् ।
स्कुल–क्याम्पस इकाइ हुँदै नेपाल विद्यार्थी सङ्घ केन्द्रको विभिन्न जिम्मेवारीमा बसेर सङ्गठनात्मक जिम्मेवारीमा रहेर अनुभव लिइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले इरानमाथिको तेल प्रतिबन्ध बनायो खुकुलो
-
कतारको ग्यास प्रशोधन केन्द्रमा भएको विस्फोटमा मर्नेमा १२ जना भारतीय नागरिक
-
ठेक्कापट्टाको ढिलासुस्ती र ‘लो बिडिङ’ अन्त्य गर्ने गरी सार्वजनिक खरिद ऐन संशोधन गरिँदै
-
‘अमेरिकी कृषि उत्पादन किन्नु पर्ने इरानको कुनै बाध्यता छैन’
-
भक्तपुरमा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी
-
टर्की र बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण