युवराज संग्रौलाले गराए झापा– २ बाट स्वतन्त्र उम्मेदवारी दर्ता
काठमाडौँ । प्रा.डा. युवराज संग्रौलाले झापा क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
मंगलबार दिउँसो १२ः३० बजे समय पाए अनुसार अर्जुनधारा नगरपालिकास्थित निर्वाचन आयोग कार्यालय पुगी उनले उम्मेदवारी दिएका हुन् ।
उम्मेदवारी दर्ता भएपछि स्थानीय पत्रकारहरूसँग कुरा गर्दै उनले हारजितको खेलभन्दा माथि विचार र अभियानका लागि आफूले उम्मेदवारी दिएको बताए ।
“झापाका सचेत जनताले “विचार र अभियानलाई“ समर्थन गर्ने विश्वास लिएको छु, उनले भने । आफू व्यक्तिका रूपमा विचार लिएर आएको उनको भनाई छ । पत्रकारहरूले सोधेको प्रश्नमा उनले झापालाई डिजिटल सेन्टर बनाउने र र राष्ट्रिय राजनीतिलाई सुसंस्कृत बनाउन भूमिका खेल्ने दाबी गरे ।
उनले औद्योगिकीकरण र भूराजनीतिमा सार्थक सन्तुलन र बाबुआमा र छोराछोरी सँगै बस्न, बिदेसिनुपर्ने बाध्यताको अन्त्यका लागि आफू लागिपर्ने उनको प्रतिबद्धता छ ।
वर्तमान राज्यसत्ता दल तन्त्रको चङ्गुलमा परेको भन्दै उनले नागरिकतन्त्रको अभियान अगाडि बढाउने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा बढ्दै जहाज आवागमन
-
‘लुम्बिनी लोक तारा’मा प्रथम भए समीर पुन
-
बन्दसत्रमा विलम्ब भएपछि बरालिँदै रास्वपा नेता कार्यकर्ता (तस्बिरहरू)
-
३ नम्बरको जर्सीसहित भारतीय क्रिकेट टोलीमा वैभवको इन्ट्री
-
रास्वपाको केन्द्रीय सदस्यमा प्रकाशचन्द्र परियारको उम्मेदवारी
-
एआई अपनाएसँगै ओरेकलद्वारा २१ हजार कर्मचारी कटौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण