प्रकाशमान सिंहको क्षेत्रमा प्रवल थापा कांग्रेसका उम्मेदवार
मङ्गलबार, ०६ माघ २०८२, १६ : ०७
काठमाडौँ । नेपाली कांग्रेसले काठमाडौँ क्षेत्र नम्बर १ मा प्रबल थापालाई उम्मेदवार बनाएको छ ।
पछिल्ला निर्वाचनमा त्यो क्षेत्रबाट जित्दै आएका प्रकाशमान सिंहलाई टिकट नदिएर सभापति गगन थापाले थापालाई उम्मेदवार बनाएका हुन् ।
सिंह २०६४, २०७०, २०७४ र २०७९ मा कांग्रेसबाट त्यो क्षेत्रमा उम्मेदवार बन्दै जितेका थिए ।
थापा कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य छन्। साथै प्रदेश सभा क्षेत्रीय कार्यसमिति सचिव पनि हुन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण